दाङमा सवारी दुर्घटना, एकको मृत्यु

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १२:३८


दाङ । दाङमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय प्रकास कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

नम्बर नखुलेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका कुँवरको लमही अस्पतालमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको प्रहरीले बताएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पिपरीमा बिहान करिब ५ बजे नम्बर नखुलेको गाडीले कुँवरलाई ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गएराति तुलसीपुरमा मोटरसाईलक अनियन्त्रीत भएर पल्टिँदा एक युवक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–१चाखलीघाट निबासी १९ बर्षका रबिन भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिएका छन् । स्याउलीबजारबाट बजार तर्फ आउँदै गरेको रा१ख ५४३३ नम्बरको मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय नजिकै अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना प्रहरीले बताएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex