भारतीय प्रधानमन्त्री मोदीले अनुष्का र विराटलाई भने, ‘उत्कृष्ट आमाबुवा बन्नेछौ’, कंगनालाई पनि दिए यस कारण ‘धन्यवाद’

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १४:३७


काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिनमा बधाई दिएका बलिउड कलाकारलाई जवाफ फर्काएका छन् । हिँजो विहिवार जन्मदिन रहेका प्रधानमन्त्री मोदीलाई सामाजिक सञ्जालवाट बधाई दिनेको ओइरो थियो । उनले बलिउड कलाकारहरुलाई त्यसको जवाफ फर्काएका छन् । जन्मदिनमा शुभकामना दिएका क्रिकेटर विराट कोहली र कलाकार अनुष्का शर्मालाई धन्यवाद दिँदै एक उत्कृष्ट आमा–बुवा बन्ने बताएका छन् । उनले बलिउड कलाकार कंगना रनोटलाई पनि धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री मोदीले फिल्म निर्देशक र निर्माता करन जोहरलाई पनि धन्यवाद दिएका छन् । यस्तै माधुरी दिक्षितलाई उनको र उनको परिवारको किचन गार्डनका लागि शुभकामना दिएका छन् । मोदी बिहिबार ७० वर्ष पुगेका छन् ।

मोदीको जन्मदिनको उपलक्ष्यमा विराटले ट्वीट गरेका थिए, ‘देशका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको अशेष शुभकामना ।’ प्रधानमन्त्री ओलीलाई पनि मोदीले जवाफ फर्काएका छन् । उनले जवाफ दिँदै नेपालसंगको सम्बन्ध थप मजबुत हुने बताएका छन् ।

करन जोहरले लेखे, ‘भारतीय सिनेमालाई विश्व स्तरमा पहिचान दिलाउने मेरो विचारले उहाँको समर्थन पाएको थियो ।’ यसको जवाफमा मोदीले आफूलाई यसबारे पूर्ण याद भएको बताउँदै सिनेमाका लागि उनको प्यासन सराहनीय भएको बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex