जनकपुर आइपुग्यो नेपाली रेल, दशैंवाट सञ्चालन हुने (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १४:५७


काठमाडौ । वहुप्रतिक्षित जनकपुर–जयनगर रेल जनकपुरधाम आइपुगेका छन्। दुईवटा सेट शुक्रवार जनकपुर आइपुगेको हहो । भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेका नयाँ दुई सेट रेल शुक्रबार दिउँसो जनकपुरधाम ल्याउँदा हेर्नेको ठूलो भिड लागेको थियो । कोरोनाको जोखिमका बीच रेलवे स्टेशनमा निकै ठूलो भिड देख्न सकिन्छ ।

पहिलो चरणमा जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि उक्त दुई सेट रेल निर्माण कम्पनीले केही बेरमै नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । तर त्यसका लागि कुनै औपचारीक कार्यक्रम भने गरिने छैन । कोरोनाको जोखिम रहेका कारण कुनै ठूलो औपचारिक कार्यक्रम विना नै रेल हस्तान्तरण गर्न लागिएको छ ।

जनकपुरको पुरानो रेल्वे स्टेसनमा रेल हस्तान्तरणको लागि एक सामान्य कार्यक्रम राखिएको छ। धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भइरहेको उक्त कार्यक्रममा रेल विभागका उच्च अधिकारीहरुलाई कम्पनीले रेल हस्तान्तरण गर्ने छ।

बहुप्रतीक्षित रेल जनकपुर आएपछि विभिन्न जिल्लावाट रेल हेर्न त्यहाँ पुग्नेको भिड लागेको हो । रेल सञ्चालनलगतै व्यापार व्यवसाय फस्टाउने तथा भारत आवत जावतमा सहज हुने भएकाले स्थानीय हर्षित भएका छन्।

हस्तान्तरण भएपछि दुबै रेल सेट पुनः जयनगरस्थित आफ्नै स्टेसनमा लगेर सुरक्षित साथ राखिने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। कोरोना जोखिम नबढे अगामी दशैंसम्ममा रेल सञचालन गर्न तयारी रहेको नेपाल रेल कम्पनी लिमिटेडका महाप्रबन्धक गरु भट्टराईले बताएका छन् ।

पहिलो चरणमा भारतको यनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ। दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरको रेलवे लिक निर्माण तथा भौतिक संरचाना निर्माणको काम अन्तिम चरणमा छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex