कुलमानलाई पुन नियुक्त गर्न कानुनअनुसार मिल्दैन, एक सातामा मन्त्रीमण्डल पनि पुनर्गठन हुन्छ : प्रदिप ज्ञवाली

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १५:१४


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक साता भित्रमै मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यसको खुलासा गरेका छन् । उनले केही दिनमै मन्त्रिमण्डल पुनर्गठनका लागि प्रधानमन्त्रीले तयारी गरेको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलले मन्त्रीमण्डल पुनर्गठन गर्न सुझाव दिएकाले प्रधानमन्त्री ओली त्यसैको तयारीमा लागेको बुझिएको छ ।

प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अबको हप्ता १० दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली मन्त्रीमण्डल पुनर्गठनको तयारीमा रहेको जानकारी दिएका हुन् ।

लामो समय पार्टीमा देखिएको विवाद अन्त्य भएको जनाउँदै उनले पार्टी भित्रको सन्तुलन मिलाउन र सरकारको कामलाई थप प्रभावकारी गराउन पनि मन्त्रिमण्डल पुनर्गठन हुन लागेको उनको भनाई छ । मन्त्री ज्ञवालीले संघसँगै प्रदेशका मन्त्रीहरु पनि फेरबदल हुने जनाए।

‘अब प्रदेशका मन्त्रिमण्डल समेत पुनर्गठन हुने र मुख्यमन्त्री परिवर्तन नभएपनि प्रदेश मन्त्री परिवर्तन हुने उनको भनाई छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूभाग भारतसंगको कुटनीतिक पहलमा फिर्ता गर्ने प्रयास जारी रहेको बताए।

त्यस्तै, मन्त्री ज्ञवालीले नेपाल विद्युत् प्राधीकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई पुनः नियुक्त गर्न कानुनअनुसार नमिल्ने बताएका छन् । घिसिङको कामप्रति सरकार सन्तुष्ट रहे पनि पुनः नियुक्त गर्न कानुनी अड्चन रहेको उनले स्पष्ट पारे। नियुक्ति गर्नै परेमा नयाँ कानुनअनुसार गरिने तर यसबारेमा सरकारले छलफल गरिरहेको उनले बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex