‘बलिउडमा नाताबादकै कारण म बाहिरिएकी हुँ’ अभिनेत्री जया प्रदा

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १५:३८


एजेन्सी । अभिनेत्री जया प्रदाले बलिउडमा चल्दै आई रहेको नाताबादको विषयमा आफ्नो विचार राखेकी छन् । उनले बलिउडमा चलिरहेको नाताबादको विषयमा बालेपछि अहिले उनको बलिउडमा निकै नै चर्चा भई रहेको छ । एक टिभी च्यानलमा अभिनेत्री जया प्रदाले रवि किशनलाई समर्थन गर्दै बलिउडमा भईरहेको नाताबाद अन्त्य हुनुपर्छ भन्ने अभिव्यक्ति दिएकी थिईन् ।

अभिनेत्री जया प्रदाले न केवल रवि किशनको पक्षमा आफ्नो भनाई राखिन् उनले त बलिउडकी क्वीन कंगना रनौतप्रति आफुलाई निकै नै गौर्वान्वित हुने गरेको पनि बताईन् । उनले भनिन् बलिउडमा नाताबादको विषयलाई यदि कसैले उठान गरेको हो भने त्यो हो बलिउडकी क्वीन कंगना रनौत । जस्को बारेमा आज तपाईँ हामी सबैले प्रत्येक दिन टिभी च्यानलहरुमा खुलेरै मानिसहरुले डिभेड गरेको देख्न पाई रहेका छौं । यो विषयमा कंगनालाई जति नै धन्यबाद दिए पनि कम हुन्छ ।

जया प्रदाले भनिन् तपाईँ कसैलाई पनि यो भन्न सक्नु हुन्न कि तपाईँ एउटा हिरोईन हो त्यसैले तपाईँले कुनै प्रतिकृया नजनाएर फिल्म पुरा गर्नुपर्छ । तर बलिउडमा यही चल्दै आईरहेको छ । मलाई पनि फिल्मको आधा भागबाट निकालिएको थियो । किनकी मेरो नाक ठुलो भयो रे । यस्तो छ हाम्रो बलिउडको चलन । तपाईँ यदि स्टार किड या परिवारबाट हुनु हुन्न भने तपाईँलाई निकाल्नकोलागी तपाईँले कुनै अपराध या गल्ति गरेको हुनुु पर्दैन । तपाईँको अंगको मापनका आधारमा बलिउडदेखि बाईकट गरिन्छ याहाँ । यस्लाई बलिउड भित्रको नाताबाद नभनेर के भन्ने ?

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex