भारतले अकस्मात किन रोक्यो कालापानी-लिपुलेकको नेपाली भूमिमा निर्माण गरिएका सडक पुलहरुको उद्घाटन

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १७:३६


काठमाडौ । नेपाली भूमिमा एकतर्फी रुपमा निर्माण गरेको मानसरोबर जोड्ने सडक मार्गमा रहेका पुलहरुको उद्घाटन गर्ने कार्यक्रम भारतले अचानक अन्तिम अवस्थामा रोकेको छ । त्यसको कारण भने खुलाईएको छैन । भारतले नेपाली भूमीमा मानसरोवर जाने सडक निर्माण गरेर त्यसको उद्घाटन समेत गरिसकेको छ ।

कोरोना कहरकै बीच अनलाईन उद्घाटन गरिएको सो सडकमा निर्माण भएका पुलहरुको भने उद्घाटन भएको छैन । राष्ट्रिय राजमार्गमा पर्ने पुलहरुको भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रवार ‘अनलाइन’ उद्घघाटन गर्ने कार्यक्रम तय गरिएको थियो।

भारतले दार्चुलासंग जोडिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ठूलो भूभागमा त्यहाँ सैन्य अखडा बनाएको छ। पछिल्लो समय कालापानी र लिपुलेक हुँदै चीन सीमा जोड्ने राजमार्ग निर्माण गरे पछि नेपाल भारत सिमाका विषयमा विवाद उत्पन्न भएको छ । नेपालले त्यसको विरोध गरेको छ । कोरोनाकै कहरकाबीच त्यहाँका रक्षामन्त्री सिंहले उक्त राजमार्गको अनलाईनमार्फत उद्घाटन गरेका हुन् ।

भारतले एकतर्फी रुपमा नेपाली भूमीमा सडक बनाएपछि नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेको थियो। भारतले अहिले पुल उद्घाटनको कार्यक्रम अन्तिम अवस्थामा आएर स्थगित गरेको छ। उद्घाटनको सम्पूर्ण तयारी पुरा भइसकेको अवस्थामा यसरी एकाएक स्थगित हुनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। भारतीय मिडियाले शुक्रवार उद्घाटन गर्न भनिएको कार्यक्रम स्थगित भएको उल्लेख गरेका छन् । तर त्यसको कारण भने खुलाइएको छैन ।

भारतीय सञ्चारमाध्यमहरुले पिथौरागढ–तवाघाट र जौलजीबी–मुनस्यारी सडकमा पर्ने नव निर्मित ८ वटा मोटर पुलहरुको अनलाइन उद्घघाटनको कार्यक्रम स्थगित भएको समाचार प्रकाशित गरेपनि त्यसको केही कारण भने खुलाएका छैनन्।

भारतको लोकप्रिय दैनिक पत्रिका अमरउजालाको अनलाइन संस्करणले त्यहाँको स्थानीय प्रशासनलाई उद्धृत गर्दै केही ‘अपरिहार्य’ कारणले कार्यक्रम स्थगित भएको जनाएको महेन्द्रनगर पोष्टले पनि समाचार प्रकाशन गरेको छ। सीमा सड़क संगठन (बीआरओ) ले चीन सीमा जोड्ने पिथौरागढ–तवाघाट र जौलजीबी मुनस्यारी राष्ट्रिय राजमार्गमा ८ वटा नयाँ मोटर पुलहरुको निर्माण गरेपछि सीमा क्षेत्रको आवागमनमा भने सहज भएको उसले उल्लेख गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex