कुलमानको समर्थनमा शान्तीपुर्ण प्रर्दशन गर्दा बब्लुलाई बुट वर्षाउने प्रहरीलाई अधिकृतमाथि हुने भयो कारवाही (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १८:१६


काठमाडौं । काठमाडौको माइतीघर मण्डलामा विहिवार शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीवाट बब्लु गुप्ता माथि प्रहरीले गरेको ब्यवहार अस्वभाविक थियो । शान्तीपूर्ण रुपमा प्रदर्शनमा रहेका बब्लु माथि प्रहरी अकस्मात जाइलागेका थिए । उनलाई बुट बर्साइयो अनि भ्यानमा हालेर लगियो । बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तालाई प्रहरीले रोके अनि उनीमाथि अस्वभाविक ब्यवहार गरे ।

सो भिडियो विहिवार सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जला प्रयोगकर्ताले प्रहरीको आलोचना गरेका थिए । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले उनलाई अमानविय ब्यवहार गरेका हुन् ।

कुलमान घिसिङको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा प्रहरीले रोकेर हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले बब्बुलाई अमानवीय ब्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । बिहीबार बब्लुलाई हमला गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आर्ट काउन्सिल अगाडी इन्स्पेक्टर नेतृत्वको टोलीले ‘माइतीघर जान मिल्दैन’ भन्दै रोकेर बब्लुलाई हमला गरेका थिए । लकडाउन भए यता खान नपाएका विुपन्नहरुलाई सहयोग गर्दै आएका बब्लु पनि सामाजिक सञ्जालमा परिचित छन् । उनले हन्ड्रेड्स (१००) ग्रुप मार्फत निःशुल्क कपडा र रत्नपार्कमा खाद्यान्न वितरण गर्दै आएका छन् । उनले ‘कपडा बैङ्क’ मार्फत पनि अभियान सुरु गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex