‘भारतले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ,’ परराष्ट्रमन्त्री ज्ञावली

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १९:३७


बुटवल । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

मन्त्री ज्ञावलीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको बताए । खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उनले भने “निश्चित प्रयोजनका लागि वर्षौं पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ ।”

सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य ज्ञवालीले सोही कार्यक्रममै एमसिसी सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताए । नेता ज्ञवालीका अनुसार सो विषयमा सच्याउनुपर्ने भएमा आवश्यक बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ । उनले पार्टी स्थायी कमिटीमा एमसिसीका कुनकुन बुंँदा सच्याउने भन्ने कुरा नउठेकोसमेत स्पष्ट पारे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex