…त्यसपछि उनीले गरिन देहात्याग

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार ०८:४१


राजविराज – किशोरी छोरीले देहत्याग गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले करणी गरे, पञ्चहरूले ‘ह ‘त्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई ध म्क्या’उन थालेका छन्। ‘दुःखी, गरिब, कमजोरको आफ्नो भन्ने कोही हुँदा रहेनछन्’, उनले भनिन्, ‘आँट, भरोसा र आस दिनेभन्दा ध म्क्या’उने बढी भयो।’

मृतककी बहिनी सविताले दिदी बितेपछि निदाउन नसकेको सुनाइन्। ‘ध म्क्या’उनेहरूले अनेक कुरा सुनाउँछन्। कोहीले भन्छन्, अब तिमीहरूलाई जातबाट अलग गरिदिने रे। कोहीले सुनाउँछन्, मुद्दा दर्ता भए पनि साक्षी कोही पनि बस्दैनन्।’

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवीकी १७ वर्षीया छोरी संगीता हालै सा मूहिक करणीको सिकार भएकी थिइन्। तर, गाउँका ‘पञ्च’ले उजुरी दिन प्रहरीमा जान रोक लगाउँदै चार दोषीबाट क्षतिपूर्ति भराउने निर्णय सुनाएका थिए। गाउँलेले आफ्नो ‘अस्मिताको मूल्य’ तोकेपछि संगीताले पा ‘सो ल’गाएर मंगलबार मृत्युको बाटो रोजेकी थिइन्।

‘पञ्चहरूले प्रहरीमा उजुरी गर्न रोक लगाए र पीडितलाई भेलामा बोलाएर हाँसोको पात्र बनाएर थप पी’डा दिए’, रधियादेवीले भनिन्, ‘५५ हजार सानो रकम होइन, खुरुक्क लेऊ। चुप लागेर बस भनेर पञ्चहरूले अस्मिताको मूल्य तोक्दै व्यंग्य नगरेको भए सायद मेरी छोरीले मृत्युको बाटो रोज्दिन थिइन् होला।’

उनले संगीताको देहत्याग ‘ह ‘त्या नै भएको बताइन्। ‘पुरुषहरूको भेलामा बोलाएर पालैपालो घटना विवरण भन्न लगाएर हाँसोठट्टाको विषय नबनाएको भए र अपराधीहरूलाई कारबाही गर्न साथ दिएको भए छोरीले मृत्युवरण गर्नुपर्ने थिएन’, उनले भनिन्।

अन्नपूर्ण पोस्ट्मा बुधबार समाचार प्रकाशन भएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाबारे चासो लिएको छ। २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोली घटनास्थलमा खटिएको छ। प्रदेश र इलाका प्रहरी कल्याणपुरबाट खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा बिहीबार राति आरोपितलाई पक्राउ गरेको छ। भारतमा लुकेर बसेको डाकनेश्वरी–७ ललितपुरकै १९ वर्षीय बब्लु भनिने सुमनकुमार मण्डल र १८ वर्षीय रञ्जित भनिने सरोजकुमार मण्डललाई बलान बिहुलको बेल्हीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सप्तरीका डीएसपी तिलक भारतीले फरार रहेका सोही ठाउँका २५ वर्षीय बिसु भनिने विष्णु मण्डल र २७ वर्षीय धर्मदेव मण्डलको खोजी भइरहेको बताए। पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल सुरुमै पक्राउ परेका थिए। शत्रुघ्न मण्डलको घरमा बसेको छलफलमा सहभागी आठ पञ्चविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले अनुसन्धान अघि बढाएको छ। गाउँलेका अनुसार भेलामा १० जना पञ्च थिए।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनोहर पोखरेलले लेखेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex