जुम्लामा अनसन बसेका डा गोबिन्द केसीलाई ज’बर’जस्ती अस्पताल लगियो

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १२:१९


सुर्खेत । जुम्ला पुगेर अनसनर सुरु गरेका डा। गोविन्द केसीलाई शनिबार राती ज ब र जस्ती अस्पताल लगिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको हो । प्रहरीले उनलाई उठाएर अस्पताल भर्ना गरेको छ । झण्डै मध्यरातमा अनसन स्थल पुगेको प्रहरीले उनलाई उठाएर अस्पताल भर्ना गरेको हो । अहिले डा केसीको राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । डा। केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले उनलाई प्रहरीले उठाएर अस्पताल लगेको बताए।

डा। केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिए पछि प्रहरीले उनलाई अस्पताल लगेको हो । तर डा केसी भने अस्पताल जान मानेका थिएनन् । डा। केसी जुम्ला सदरमुकामबाट केही पर एकान्तमा रहेको बाबिरा मष्टोको मन्दिरमा विगत ७ दिनदेखि अनसनरत थिए ।

डा। केसीको मागमा समर्थनमा जुम्लाका युवाहरुले दवावमुलक कार्यक्रम पनि गर्न थालेका छन् । उनीहरुले शनिवार दीप प्रज्वलनदेखि हस्ताक्षर कार्यक्रम गरेका छन् ।

यी हुन केसीका ६ बुँदे माग

१। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्। गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरू गरियोस्। प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

२। मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।

३। हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

४। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउन्सिल र प्रतिस्ठानमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

५। बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस्।

६। राज्य लक्ष्मी गोल्छा घुस का ण्ड, आयल निगम जग्गा खरीद का ण्ड, वाइड बडी का ण्ड, सेक्युरिटी प्रेस खरीद का ण्ड, दरबारमार्गको जग्गा का ण्ड, ओम्नी समुहको औषधि खरीद का ण्ड लगायत सबै ठूला भ्रष्टाचार का ण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा का ण्डमा आ प राधि क लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस्।

यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मु द्दा चलाइयोस्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex