नेकपा सचिवालय बैठक : एक साता भित्रमा मन्त्रीमण्डल पुनर्गठन

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १८:०६


काठमाडौ । सत्तारूढ नेकपाले पार्टीको सचिवालय बैठकबाटै मन्त्रिमण्डल पुनर्गठन र मन्त्री बन्ने व्यक्तिबारे निर्णय गर्ने भएको छ। नेकपा एकिकरणपछि पहिलो पटक पेरिसडाँडामा बसेको बैठकले संघीय र प्रदेश सरकारका मन्त्रीमण्डल पुनर्गठन गर्ने सहमति गरेको छ । बैठकले अब एक सातामै मन्त्रीमण्डल पुनर्गठन गरिसक्ने विषयमा सहमति गरेको छ ।

‘अब मन्त्रिमण्डल पुनर्गठन गर्दा नाटकीय परिवर्तन आउने र देशमा एउटा सन्देश दिनेगरी गर्नुपर्ने विषयमा नेताहरुबीच छलफल भएको छ । त्यसैगरी बैठकमा पार्टीको सांगठनिक एकीकरणको विषयमासमेत छलफल भएको छ। संगठन विभाग, स्थायी समिति र केन्द्रीय समितिको पदपूर्ति र केही कारबाहीका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सँगै बैठकमा संवैधानिक नियुक्तिको विषयमासमेत छलफल भएको छ।

नेकपाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। भोलिको बैठकमा थप एजेन्डामाथि छलफल हुनेछ। जनवर्गीय संगठनको कार्यालय रहेको पेरिसडाँडामा पहिलोपटक बसेको पार्टी सचिवलय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए । ओली बैठकको समय अवधीभरी नै बैठकमा भएका थिए ।

पार्टीका जनवर्गीय संगठनहरुको बैठकमा केही नेता पुगेको भए पनि प्रधानमन्त्री तथा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापासहितको यस्तो बैठक सो कार्यालयमा पहिलोपटक भएको हो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex