गजल, तिमीलाई भेटेर जिन्दगी प्रेमको डगरमा हिडेको छ ।।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १३:३२


तिमीलाई भेटेर जिन्दगी प्रेमको डगरमा हिडेको छ ।।
त्यसपछि यो अनगिन्ती खुसी अधरमा हिडेको छ ।।

मैले धेरै पछि तिम्रो हँसिलो चेहरा देखे
आज भएर मन चङ्गाझैं सफरमा हिडेको छ ।।

मृत्युलाई जित्ने अचुक औषधि प्रेम हो
यो सुनेर मुसाफिर त्यो शहरमा हिडेको छ ।।

मन्दिर भित्र मेरो भगवान भनी शिर झुकाउछ
मन्दिर बाहिर आखिर टेकेर पत्थरमा हिडेको छ ।।

मलाई नास्तिक घोषण गर्ने ए सैतानहरु हो
बुझिराख मेरो जिन्दगी ईश्वरको भरमा हिडेको छ ।।

कोही जिउँदै जान्छन् कोही मरेर जान्छन्
लास लिएर मलामी पनि बगरमा हिडेको छ ।।

दोषी नजर हो कहिलेकाही भुलचुक हुन सक्छ
आखिर प्रकाश तिमीलाई हेर्ने रहरमा हिडेको छ ।।

प्रकाश पौडेल
गुलरिया ०४बर्दिया

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex