हुम्लामा नेपाली भूमी चीनको नियन्त्रणमा, नक्सा बोकेर नेपाली सेना चीनसंगको छलफलमा

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार ११:५४


काठमाडौ । भारतले नेपाली भूमी अतिक्रमण गरेर सडक निर्माण गरेको घटना सेलाएको छैन । भारतसंग सिमाना जोडिएका अधिकांश सिमानामा विवाद छ । तर यता हुम्लामा भने चीनले पनि नेपाली भूमीमा हक जमाएको छ । हुम्लामा चीनले नेपाली जमिनमा भवन निर्माण गरेको छ । ९ वटा भवन निर्माण गरेको चीनले सो भूमी आफ्नो भएको दावी गरेको छ ।

सिमाना भन्दा झण्डै २ किलो मिटर नेपाली भूमीमा आएर भवन बनाएको चीनले सो भूमी आफ्नो भएको दावी गरेको छ । चीनले भवन बनाएको भन्दै १ किलो मिटर पर रहेको ११ नम्बर सिमा पिलर समेत फेला परेको छैन ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले सो क्षेत्रको अवलोकन गरेको बताएका छन् । अवलोकन पछि नाम्खा गाउँपालिका ६ को लाप्चामा आइतबार चिनियाँ पक्षसँगको छलफल गर्दा चीनले सो क्षेत्र आफ्नो भएको दावी प्रशासन समक्ष गरेको छ ।

चीनले भवन निर्माण गरेको ललुङजमबाट कैलाश मानसरोवरको दूरदर्शन गर्न सकिन्छ। नेपालकै क्षेत्र भन्दा एक किलो मिटर वर आएको चीनले सो क्षेत्र पनि आफ्नो भएको दावी गरेको हो । ‘दुई किलो मिटर वर आएर भवन बनाएको चीनले भवन भन्दा पनि एक किलो मिटर वर सम्म आफ्नो भूमी भएको दावी गरेको हो ।

तर नेपाली पक्षले पहिले देखि नै उपभोग गर्दै आएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । नेपालीले भोग चलन गदै आएको र १२ नम्बर पिलर अनुसार पनि यो क्षेत्र नेपालमै पर्ने प्रजिअको भनाई छ । त्यस्तै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले चीनले आफ्नो दावी गरेको जमिन नेपालीले लामो समय देखि भोगचलन गर्दै आएको बताएका छन् ।

त्यस क्षेत्रमा नेपालले २०६६ सालमा सडक निर्माण समेत गरिसकेको छ। तर ११ नम्बर पिलर नै हराएका कारण प्रमाण देखाउन नसकिएको स्थानिय तहका प्रतिनिधिले बताएका छन् ।

‘आइतवार भएको दुई पक्षको छलफलमा दुवै पक्षले नक्सा देखाएर बसेका थिए । चीनले नक्सा देखाउँदै सो क्षेत्र आफ्नो भएको दावी गरेको थियो भने छलफलका लागि बसेका नेपाली सेनाले पनि नक्सा लिएर छलफलमा सहभागी भएका थिए । तर ११ नम्बर सिमा पिलर फेला नपरेका कारण प्रमाण देखाउन र सिमा निश्चित गर्न नसकिएको गाउँपालिका अध्यक्ष तामाङले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex