क्याप्टेन लामाको स्वास्थ्यमा सुधार भन्छन्,‘जटिल अवस्थाबाट पुनः स्वस्थ बन्दैछु, चाँडै उडान भर्ने छु’ (भिडियो)

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १२:२३


काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले चाँडै उडान भर्ने र बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् ।

कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललितपुरमा उपचाररत छन् । कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको उनले जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’

उनले लेखेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाई अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।’ क्याप्टेन लामाले यो सम्भव हुनुको पछाडि अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यबाद पनि दिएका छन् ।

कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोविडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।’ उनले भिडियो सहित आफ्नो स्वास्थ्य अवस्थाको स्टेटस पनि सार्वजनिक गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex