बालुवाटारमा सचिवालय बैठक, मन्त्रीपरिषद पुनर्गठनवारे यस्ता छन् ३ प्रस्ताव

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १२:३०


काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार सुरु हुनै लागेको छ । सोमवार स्थगित भएको बैठक मंगलवार मध्यान्ह १२।३० वाट सुरु हुने बताइएको छ । मंगलवारको बैठक बालुवाटारमै बस्ने छ । नेकपा गठन भएपछि पहिलो पटक आइतवार पेरिसडाँडामा बैठक बसेको थियो ।

बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउने बताइएको छ। यस्तै संबैधनिक आयोगको पदाधिकारी नियुक्तिको विषयमा पनि त्यसका लागि पदाधिकारी चयनका आधार तय गर्नेछ। मन्त्रिमण्डल पुनर्गठनको विषयमा तीनवटा प्रस्ताव प्रस्तुत भएका छन्।

प्रधानमन्त्रीबाहेक सबैलाई राजीनामा गराएर पुरै नयाँ ढंगबाट मन्त्रिमण्डल गठन गर्ने, राम्रो काम गरेकालाई राखेर बाँकीलाई हटाउने र खालि रहेका मन्त्रालय र अन्यमा सामान्य फेरबदल मात्रै गर्ने प्रस्तावहरुमाथि छलफल भएपनि टुंगो लागेको छैन।

पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने पक्षमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा रहेको नेताहरुको भनाइ छ। आजको बैठकमा यसबारे एउटा समझदारी बनाएर छनोट गर्ने जिम्मा अध्यक्षद्वयलाई दिने संभावना रहेको एक सचिवालय सदस्यले बताए।

‘आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनबारे मापदण्ड बनाएर नाम छान्ने जिम्मा अध्यक्षद्वयलाई दिनेछ र संबैधानिक आयोग पदाधिकारी नियुक्तिबारे पनि एउटा क्राइटएरिया बनाउनेछ,’ ती सचिवालय सदस्यले भने।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex