तलब पाउने भएपछि महिला क्रिकेट खेलाडी खुसी, यस्तो छ पारिश्रमिक पाउने मापदण्ड



काठमाडौ । महिला क्रिकेट खेलाडीले पनि पारिश्रमिक पाउने भएपछि खेलाडी उत्साहित भएका छन् । गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गरेर पारिश्रमिक निर्धारण गरिएको छ ।

पुरुष क्रिकेटरलाई भने यस अघि ग्रेडिङ गरेर पारिश्रमिक प्रदान गर्दै आएको भएपनि महिला खेलाडीको लागि त्यस्तो ब्यवस्था थिएन । संघले महिला क्रिकेटरलाई पनि श्रेणी निर्धारण गरेर पारिश्रमिक दिने निर्णय गरेपछि खेलाडी उत्साहित भएका हुन् । महिला क्रिकेटरहरुले पारिश्रमिक धेरै नभएपनि राम्रो सुरुवात भएको भन्दै सकारात्मक प्रतिकृया दिएका छन् ।

भदौ दोस्रो सातालाई तय भएको क्यानको बोर्ड बैठक कोरोनाका कारण स्थगित भएको भन्डै बीस दिनपछि मंगलबार चितवनमा सम्पन्न भएको थियो । बैठकले महिला क्रिकेटरहरुका पक्षमा यस्तो निर्णय गरेको हो । बैठकले खेलाडीको ग्रेडिङ, राष्ट्रिय प्रतियोगिता आयोजना लगाएतका विभिन्न निर्णय गरेको छ ।

महिला क्रिकेटरलाई अगामी दिन अझै व्यवसायिक र महिला क्रिकेटको अभिबृद्धिका लागि महिला खेलाडिलाई तलब सुविधा दिने लगायतका निर्णय भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताए। महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षत्री बेलवासेले सुरुवात राम्रो भएको प्रतिकृया दिएकी छन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्