कोठा हेर्न भन्दै पेप्सीकोला पुगेका दुई युवा सिक्री लुटेर फरार

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार १०:४५


काठमाडौं – कोठा हेर्न भन्दै काठमाडौंको पेप्सीकोलामा पुगेका दुईजना युवा घरधनीकै सुनको सिक्री लुटेर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहिबार साँझ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा बस्ने भन्दै कोठा हेर्न पुगेका दुई युवा सिक्री लुटेर फरार भएका हुन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनिहरुले कोठा हेर्दै गर्दा घरधनिलाई धम्क्याएर १ तोला सुनको सिक्री लुटेर स्कुटर चढी फरार भएका हुन् । अहिले लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महाशाखाका प्रमुख एसएसपी थापाले बताउनुभयो ।

जनतालाई भोक र रोगबाट बचाउन निर्देशन

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले महामारीको सबैभन्दा बढी प्रभाव परेका विपन्न र घरेलु श्रमिकको तथ्याङ्क सङ्कलन गरी सहयोगको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित समितिको कक्षमा आज बसेको बैठकले उक्त वर्गलाई रोग तथा भोगबाट बचाउनका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गरी आवश्यकताअनुसार सहयोग व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको हो । समितिका सभापति निरुदेवी पालले महामारीले ठूलो रुप लिएर फैलिँदै गएको हुनाले कानूनी, विधिगत संयन्त्रको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुभयो ।

महामारीका कारण कोरोना र मनसुनजन्य प्रकोपबाट समाज र देश नै प्रभावित भएको ठहर गर्दै खाद्यान्नको माग र आपूर्ति नमिल्दा अन्तराष्ट्रिय श्रम सङ्गठनका अनुसार विश्वभर बजारमा ८० प्रतिशतको रोजगार कटौती भएको जनाइएको छ । बैठकले भारतबाहेक अन्य मुलुकमा काम गरिरहेका करिब ४० लाख नेपालीको रोजगारी प्रभावित हुनसक्ने पूर्वआँकलन गरिएको हुनाले गरिबी तथा बेरोजगारी बढने हुँदा महामारीको अवस्थामा परेका व्यक्तिको तत्काल अध्ययन गर्न सरकार र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

बैठकमा नेपाली काँग्रेसका पुष्पा भुसालले रोग र भोगबाट बचाउनका लागि स्थानीय सरकारलाई केन्द्र सरकारले भरपुर सहयोग गर्नुपर्ने र निर्वाचनको बेलामा मतदाताको नामावली सङ्कलन गरेझै विपद्मा परेका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न बैठकमा सुझाव दिनुभएको थियो । समितिमा अरु सांसदले पनि महामारीमा जनतालाई भोक र रोगबाट बचाउनुपर्ने सुझाव दिएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex