बलिउड अभिनेता जोन अब्रहमका बुवा लुटिए (भिडियोसहित)

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १५:२३


एजेन्सी । गुमनाम एउटा मोडेलको संघर्षबाट बलिउडको फिल्मि दुनियाँमा प्रवेश गरेर पहिचान बनाउँदासम्मको जोन अब्राहमको जीवन कथामा निकै मार्मिक कुराहरु सुन्न पाईन्छ । न गड फादर न त बलिउड किड स्टार । आफ्नै मेहेनत अनि परिश्रमका साथ बाहीरि दुनियाँबाट बलिउडमा हाम फालेका जोनको कथा सबैकालागी प्रेरणादायी छ ।

जब जोन कक्षा ८ मा पढ्दै थिए त्यबेला बुवाको असाध्यै मिल्ने साथीले जोनको बुवालाई लुटेको कुरा जोनले सुनाएका थिए । यो घटना उनीहरुकालागी निकै नै दुःखद हुनुका साथै अविश्मरणीय पनि । एक कार्यक्रममा आफ्नो अविश्मरणीय पलको कुरा सुनाउने क्रममा आफ्नै साथीबाट बुवा लुटिएको कुरा जोनले निकै भावुक मुद्रामा सुनाएका थिए ।

जोनको परिवारमा घटेको यो घटना १९८९ को हो । त्यतिबेला जोनको बुवासंग जम्मा ३ लाख रहेछ । त्यो ३ लाख नै जोनका बुवाको साथीले लुटेका रहेछन् । जोनले आफ्नो बुवाको त्यो घटना सुनाउने क्रममा भने,‘त्यतिबेला मेरो बुवासंग घर खर्चदेखि हाम्रो पढाई खर्च सबैकोलागी भनेर बुवाले राख्नु भएको पैसा उहाँकै मिल्ने साथीले लुटेर लैजानु भयो । त्यतिबेला हामीसंग जम्मा ३ लाख थियो । र त्यो ३ लाख मूल्य आजको जमानामा ३ करोड जत्तिकैको हुन्थ्यो ।’

घरमा भएको सबै पैसा आफ्नै साथीले लुटिदिएपछि जोनलाई बुवाको साथीप्रति निकै नै रिस उठेको पनि उनले आफ्नो अनुभव शेयर गर्दा सुनाएका थिए । उनले भने,‘बुवालाई जब उहाँकै साथीले लुटे तब मेरो बुवाभन्दा पनि मलाई असाध्य नै रिस उठेको थियो । तर बुवाले भने हामीलाई आफु दुखि भएको महसुुस कहिल्यै गराउनु भएन । आज म विचार गर्छु कि यो उहाँको प्लस पोईन्ट हो । जो कसैमा यस्तो विशेषता हुँदैन ।’

त्यतिबेला म टिन एजमा थिएँ । बुवाले मलाई उठेको रिसको सायद पानाहरु पढिसक्नु भएको थियो होला । त्यसैले उहाँले मलाई मायाले सम्झाउनु भयो र भन्नु भयो,‘हेर छोरा, मलाई थाहा छ मेरो साथीले जे गर्यो त्यो कुरामा तँ धेरै नै दुखिछस् । तर तँ दुखि हुनै पर्दैन । यही त जिन्दगीको अनुभव हो । आज तँसंग पैसा छैन त के भयो ? भोली त हुन्छ नि । तर आज पैसा छैन भनेर आफ्नै गुजारा गर्नकोली चोरी नगर्नु । र जस्तै अभावमा पनि आफ्नो काम गराउनकोलागी घुस नदिनु र नलिनु पनि ।’

त्यो दुःखद समयमा बुवाले दिएको यो उपदेशले जोनको जीवनलाई परिवर्तन गरिदिएको कुरा आफ्नो अनुभव शेयर गर्ने क्रममा सुनाउँछन् जोन । बुवाले जब आफु र आफ्ना अरु छोराछोरीलाई यी कुराहरु सुनाईरहंदा जोनले त्यतिबेला नै आफ्नो बुवासंग प्रतिज्ञा गरेका रहेछन् । उनले आफ्नो बुवालाई भनेका रहेछन् कि ‘बुवा एक दिन म यही मेरो अनुहार बेचेर पैसा कमाउँनेछु ।’

जोन अब्राहमको जीवनको पानामा यो सुनौलो कुरा उनले चाहे जस्तै आजको दिनमा लेखिएको छ । साँच्चै आज जोनले त्यो बेलामा बोलेको कुरा पुरा भएको छ । जानेले सानैदेखि नै भन्ने गर्दथे रे,‘आजको दिनमा त मलाई कसैले पनि चिन्दैनन् तर एकदिन आउने छ त्यो दिन मलाई सबैले चिन्नेछन् र मैले मलाई चिन्नेहरुलाई नै चिन्ने छैन ।’

आज जोन अब्राहम भन्ने वित्तिकै नचिन्ने सायदै होलान् । आज जोनसंग आजको समयमा यति पैसा छ कि जस्को एक भागको एक भाग भन्दा पनि निकै नै कम उनको बुवाको १९८९ मा चोरी भएको पैसा थियो । त्यो समयमा बुवाको कुराले प्रेरित भएका जोनले आफुमा परिवतर्न भएको अनुभव सुनाए ।

#SundayStruggle – John Abraham Shares His Struggle Story

#SundayStruggle – 17 साल की उम्र में जिसे लोगों ने कहा था कि फिल्मों के लायक नहीं है सुनिए उन John Abraham की कहानीJohn Abraham

Posted by फिल्मी NEWJ on Thursday, July 16, 2020

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex