मेसीले आफ्नो विलासी प्राइभेट जेटमा साथीहरुलाई ‘लिफ्ट’ दिने



काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको आफ्नो नीजि जेट छ । उनी परिवारका साथमा आफ्नो विलासी प्राइभेट जेटमा कहिले काँही सयर गर्न निस्कन्छन् । तर अहिले उनले सो प्राइभेट जेट अर्जेन्टिनाका टिममेटहरुका लागि उपलब्ध गराउने निर्णय गरेका छन् ।

अन्तराष्ट्रिय समाचार अनुसार कोरोनाको जोखिम भएका कारण उनले टिममेटहरुका लागि उपलब्ध गराउने निर्णय गरेका हुन् । उनको जेटको क्षमता १६ सिटको रहेको छ । भएका छन् ।अर्जेन्टिनाले आगामी खेलहरुका निम्ति खेलाडीहरुलाई यूरोपबाट आफ्नो देशमा यात्रा गर्न मेसीको जेट प्रयोग गर्न सक्नेछन् ।

सञ्चारमाध्यमका अनुसार मेसीले मार्कोस अकुना, लुकास ओकाम्पोस, पाउलो डिबाला, निकोलस ओटामेन्डी र जुआन फोयथलाई प्रयोगका लागि सो विमान उपलब्ध गराउने छन् । उनीहरु सबैलाई लियोनल स्कालोनीले अर्जेन्टिनाका लागि इक्वेडर र बोलिभियाविरुद्ध २०२२ को विश्वकप क्वालिफायर खेल्न बोलाएका छन् । कोरोनाको जोखिम भएका कारण प्राइभेट जेट शेयर गरेर जाने तयारी गरेका हुन् ।

मेसीले सन् २०१८ मा १ करोड ५० लाख डलर खर्चेर गुलफ्स्ट्रिम भी प्राइभेट जेट किनेका हुन् । यो जेट २९ मिटर लामो, २८ मिटर चौडा र आठ मिटर अग्लो छ । यसको निर्माण अमेरिकामा सन् २००२ मा भएको थियो । मेसीले प्रायः पारिवारसँग बिदा मनाउन यो जेट प्रयोग गर्छन् । साथै, मेसीका पिता जर्जले पनि आफ्नो व्यवसायिक भ्रमणहरुका क्रममा छोराको जेट चढ्ने गरेका छन् ।

जेटको पुच्छरमा मेसीले नम्बर १० लेखेका छन्, जुन उनको जर्सीको नम्बर हो । यसैगरी, उनले भर्‍याङमा पत्नी एन्टोनेला र तीन छोरा थियगो, माटेओ र किरोको नाम लेखेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex