अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा सम्राट लामा पक्राउ

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ०९:१७


अमेरिकामा बैंक लुटपाट गर्दै गर्दा एक व्यक्ति पक्राउ परेका छन्। मेरिल्याण्ड राज्यमा बैंक लुटपाट गर्दागर्दै ३० बर्षीय सम्राट लामा पक्राउ परेका हुन्। गेथसबर्गमा बैंक लुटपाट गर्दै गर्दा उनलाई पक्राउ गरेको मोन्टगोमरी काउन्टी प्रहरीले जनाएको छ।

अमेरिकाबाट प्रकाशित नेपाली भाषाको खसोखास अनलाइनका अनुसार मंगलबार विहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए। कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए।

बैंक कर्मचारीले खबर पछि पुगेको प्रहरीले लामालाई बैंकबाटै पक्राउ गरेको हो। प्रहरीका अनुसार बैंकमा पुगेका लामाले सुरुमा आफु खाता खोल्न आएको बताएका थिए। त्यसपछि उनले चक्कु ताक्दै कर्मचारीलाई फोहोर फाल्ने झोलामा पैसा राख्न चेतावनी दिएका थिए। उनी कुन देशका हुन र अमेरिकामा कहाँ बस्छन् भन्ने प्रहरीले खुलाएको छैन।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex