हवाई नाका थपलाई निष्कर्षमा पुर्याइने, उडान खोल्न भारत सकारात्मक

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार ०७:३३


काठमाडौ । लामो समयदेखि चर्चामा मात्र रहेको भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्ने विषय निष्कर्षमा पु¥याउन छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार मन्त्रालयमा भएको भेटमा भैरहवासँगै नेपालगञ्ज र महेन्द्रनगरबाट पनि उडान अनुमतिका लागि गरिएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउने छलफल भएको हो ।

नेपाल र भारतबीच २०७५ असार २ गते नेपाललाई थप चारवटा हवाई रुट दिने विषयमा सहमतिमा औपचारिक हस्ताक्षर भएको थियो । सहमतिअनुसार महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगरबाट समेत भारतीय आकाश हुँदै नेपाल उडान अनुमति प्रदान गरिने उल्लेख गरिएको थियो । हाल तेस्रो देशबाट नेपाल उडान गर्ने जहाजले भारतीय आकाश प्रयोग गरेर सिमरा नाका हुँदै प्रवेश गर्छन् ।

नेपालबाट भारततर्फ उडानका लागि महेन्द्रनगर, भैरहवा नाकाको प्रयोग भइरहे पनि यो एकतर्फी मात्र छ । भारततर्फबाट ती नाका हुँदै नेपाल प्रयोग प्रवेश हुनसक्ने अवस्था छैन । नेपालले यी चारवटै नाकामा दोहोरो उडान अनुमतिका लागि भारतसँग सहमति गरे पनि अहिलेसम्म यसले निष्कर्ष पाउन सकेको छैन । त्यसका लागि भारतलाई नेपालले पत्राचार भने गरिसकेको छ ।

शुक्रबारको छलफलमा सोही पत्राचारलाई चाँडो निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको थियो । कोभिडका कारण बन्द भएको नेपाल–भारत नियमित उडान पुनः सञ्चालन गर्ने विषयमा पनि मन्त्री भट्टराई र राजदूत क्वात्राबीच छलफल भएको छ । यो समाचारलाई आजको गोरखापत्र दैनिकमा प्रकाशित गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex