बूढीगण्डकीबारे देउवामाथि लगाएको भ्रष्टाचारको आरोप पुष्टि गर्न बाबुरामलाई कांग्रेसको चुनौति

प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार १७:३४


काठमाण्डौ । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईको अभिव्यक्तिमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बूढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापतिसमेतको संलग्नता रहेको भनेर गएको शुक्रबार नेता भट्टराईले बताएका थिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले गोरखामा आयोजित एक कार्यक्रममा बूढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै त्यसको प्रमाण दिनसमेत आफू तयार बताएका थिए । नेता भट्टराईको यो भनाइप्रति आपत्ति जनाउँदै कांग्रेसले आइतबार प्रेस विज्ञप्ति निकालेर आफुले कंग्रेस सभापतिलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

प्रेस विज्ञप्तिमा वर्तमान सरकार बनेपछि बूढीगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पिन तयार भएकोप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा नै कडा विरोध गर्दै आएको बताइएको छ । डा.भट्टराई बुढीगण्डकीबारे ज्वलन्त प्रश्नसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा परेको कांग्रेसले जनाएको छ ।

हलुका टिप्पणीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा नभएको विज्ञप्तिमा भनिएको छ । तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न चुनौती दिएको कांग्रेसले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex