अब छिट्टै यी सुन्दरी नायिका संग बिबाह गर्दै छन आदित्य नारायण

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १२:१६


एजेन्सी । उदीत नारायणका छोरा आदित्य नारायणले यसै वर्ष विवाह गर्ने उल्लेख गरेका छन् । आदित्यले सोमबार सामाजिक सञ्जालमा प्रेमीका श्वेता अग्रवालसँगको फोटो सेयर गर्दै यसै वर्ष विवाह गर्ने बताएका हुन् ।

आदित्य र श्वेता लामो समय प्रेम सम्बन्धमा रहेको बताइन्छ । २०१० मा ‘शापित’ फिल्ममा काम गर्दा उनीहरूको पहिलोपटक भेट भएको थियो । ‘शापित’ उनीहरू २ जनाको नै डेब्यु फिल्म हो ।

१० वर्षदेखिको प्रेम सम्बन्धबारे उनले कहिल्यै नलुकाएको बताएका छन् । यद्यपी कुनै समय सम्बन्धको बारेमा बोल्न बन्द गरेको पनि उनले स्वीकार गरेका छन् ।

आदित्यले उनीहरूबीचको विवाह औपचारिकता पूरा गर्ने माध्यम मात्रै हुने उल्लेख गरेका छन् । उनीहरूको विवाह नोभेम्बर वा डिसेम्बरमा हुने आदित्यले बताएका छन् ।

 

गायन र अभिनयसहित आदित्य रियालिटी शोमा उद्घोषणका लागि पनि लोकप्रिय छन् । त्यसैगरी श्वेताले पनि दक्षिण भारतीय फिल्मका हस्ती प्रभास र किच्छा सुदिप लगायत अन्य अभिनेताहरूसँग काम गरिसकेकी छन्

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex