दुईमहिना व्याज नतिर्दा एनआईसी एशिया बैंकले घर कव्जा

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १२:३२


काठमाडौ । एनआईसी एशिया बैंकवाट कर्जा लिएका एक जना ब्यक्ति दुई महिनाको मात्र ब्याज बुझाउन नसक्दा आफ्नो घरवाट हात धुनुपर्ने अवस्थामा पुगेका छन् । अन्य धितो राखेर पुनकर्जामा जान लागेका ग्राहकलाई नै लिलामीको सूचना हातमा थमाएर उनको राम्रो घर कब्जा गर्न खोजेको आरोप उपभोक्ताले लगाएका छन् ।

राष्ट्र बैंकले लकडाउनको समस्यामा परेका ग्राहकलाई सुविधा दिन गरेको निर्देशन विपरित बैंकले उल्टै धितोमा राखेको घर नै लिलामीमा चढाउने पत्र हातमा थमाएको ग्राहकको गुनासो छ । बैंकले पुनरकर्जा दिनुपर्ने ग्राहकहरुलाई राम्रो घर देखेरै लिलामको प्रकृया भकाभक अगाडि बढाएको उनको भनाई छ ।

बैंकले पाल्पामा एक व्यबसायीलाई २०७७ असार मसान्तसम्मको सबै व्याज चुक्ता गर्दा पनि साउन र भदौ २ महिना व्याज बुझाउन नसकेकै कारण सिधै घर लिलामीको पत्र काटेको छ । बैंकबाट ऋण लिएका कारण ऋण रोक्ला भन्ने डरले बैंकले पारेको समस्याका कारण बोल्न नसकेको जनाएका छन् । उनको व्यबसायमा २ महिना विद्युत आपूर्तीमा समस्या आउँदा थप समस्या खेप्नु परेको थियो ।

बैंकलाई उक्त कुराको जानकारी दिँदा प्रमाण मागेपछि सम्बन्धित निकायको प्रमाण बोकेर उनी बैंकसम्म पुगे । तथापि बैंकले कुनै कुराको सुनुवाई नगरेर एकपक्षिय रुपमा पत्र का टे को बताउँदै उनले आफू निकै तनाबमा भएको बताएका छन् । बैंकले ऋण तिर्न सक्दैन भनेर होइन, घर कव्जा गर्ने रणनीति बनाएर यस्तो गरेको हो ।’ उनका छिमेकी कृष्ण प्रसाद श्रेष्ठले भने –‘घर लिलामी गर्ने बैंकको उदेश्य देखियो, कर्जाका लागि त थप धितो राख्न समेत उहाँ तयार हुनुहुन्छ ।’

पीडीत व्यक्तिले थप धितो राखेर पुनरकर्जा निकाल्न चाहेको तर बैंकले पुरानो कर्जा सम्पूर्ण भुक्तानी विना पुनरकर्जा दिन नसकिने जवाफ दिएको बताएका छन् । ‘हामीजस्ता व्यक्तिले पुनरकर्जा पाउँछौं भन्ने सुनेको हो, तर धरौटी थप गरेर ऋण निकाल्न खोज्दा पनि बैंकले पुरानो कर्जामा घर लिलामी गर्नुपर्ने माथिको आदेश भन्दै जवाफ दिएको उनको भनाई छ । यो समाचार हामीले बैंकिगं खबर डट कमवाट लिएका हौं ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex