विश्वमै निकै दुर्लभ घटना : एकैपटक ५ बच्चा जन्माउने आमाले बताइन् यस्तो पिडा

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १२:४९


काठमाडौँ । काठमाडैको थापाथली स्थित अस्पतालमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन् । नुवाकोटकी २८ वर्षिया सोमिका तामाङले एकै पछक पाँच शिशु जन्माएकी हुन् । अस्पतालमा उनको शल्यकृया गरी ५ शिशु निकालिएको छ । तर पाँच शिशुलाई जन्मदिएपनि दुई शिशुको निधन भएको छ ।

डिस्चार्ज भएकी सोमिकाले ५ शिशुलाई जन्मदिएपनि घर फर्किने बेला तीन शिशुमात्र लिएर फर्किएकी छिन् । पाँचमध्ये एक शिशु मृ त जन्मिएको थियो । जीवित जन्मिएकामध्ये ८ सय ग्रामको शिशुको भेन्टिलेटरमा राखी उपचार गर्दैगर्दा आइतबार राती निधन भएको उपचारमा संलग्न डा.कीर्तिपाल सुवेदी जानकारी दिए । अरु ३ शिशु र आमाको अवस्था सामान्य रहेकाले अप्रशेन गरेको सात दिनमा हिजो डिस्चार्ज गरिएको उनले बताए ।

महिना पुग्नु अगावै महिलालाई सुत्केरी वेथा लागेको थियो । गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले सोमिकाको शल्यकृया मार्फत ५ शिशु निकालेका हुन् । गर्भमा रहेको ५ शिशु मध्य एक शिशु मृ त अवस्थामा निकालिएको हो । चिकित्सकले यस अघि सोनिकाको पेटमा ४ शिशु रहेको बताएका थिए ।

तर शल्यकृया गर्दा ५ शिशु देखेपछि चिकित्सक पनि अचम्म परेका थिए । थापाथलीमा पुग्दा उनले आफ्नो पेटमा ४ वटा शिशु रहेको र त्यस मध्य एउटा मृ त भएको बताएकी थिइन् । मृ त शिशुका कारण अन्य जीवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

उनका अनुसार मृ त शिशुबाट निस्कने खराब रसायन (डीआईसी) ले अन्य शिशुको वृद्धि९विकासमा असर गर्ने भएकाले अन्य शिशुको ज्यान पनि जोखिममा थियो । गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना चिकित्सकले गरेको भएपनि उनलाई बेथा लागेका कारण शल्यकृया गरिएको चिकित्सकले जनाएका छन् । यसअघि नेपालमा महिलाले एकैपटक चार जनासम्म शिशु जन्माएकी छन् । त्यो भन्दा बढी बच्चा एकै पटक जन्मिएको रेकर्ड नेपालमा भने छैन । यो विश्वमै निकै दुर्लभ घटना हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex