भारतले भन्यो, ‘नेपालसँग सीमा विवादबारे तत्काल वार्ता गर्दैनौं’

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार १३:४८


काठमाडौ । लकडाउनकै समयमा अन्य छिमेकी मुलुकसंग सिमा समस्याका बारेमा वार्ता जारी राखेको भारतले नेपालसंग भने तत्काल वार्ता नगर्ने भएको छ । भारतले नेपालसंग तत्काल वार्ता नगर्ने जनाएको हो । भारतसंग कालापानी लिपुलेक लगायतका क्षेत्रमा सिमा विवाद छ । भारतले कालापानीमा नेपाली भूमी मि’चे’र सडक बनाएपछि नेपालले बारम्बार सिमा समस्याका बारेमा वार्ता गर्न गरेको आग्रहको नसुनेको भारतले अन्य मुलुकसंग भने वार्ता गरिरहेको छ ।

नेपालले पनि भारतले मि’चे’को नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि भारतसंग कुटनीतिक कुराकानी समेत बन्द भएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँगको कालापानीको विषयमा भारतको अडान यथावत रहेको प्रतिकृया दिएका छन् । नेपालमा मन्त्रिपरिषदको पुनर्गठन भएकाले कालापानीको विषयमा वार्ताको कुनै कुरा अगाडि बढ्छ भनी पत्रकारले सोधेको प्रश्नमा श्रीवास्तवले सीमाका विषयमा अहिले नै भन्नुपर्ने केही नभएको बताएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले धेरै पटक वार्ताका लागि कूटनीतिक च्यानलमार्फत प्रस्ताव गरे पनि भारतले कुनै चासो नदेखाएको गुनासो गरेका छन् । भारतसँग सम्बन्धमा चिसोपन आएसँगै नेपालका सबै क्षेत्र प्रभावित भएका छन् । दुई देशबीचका विभिन्न सहयोग अवरुद्ध भएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex