चीनले फेरी भन्यो, ‘नेपालको भूमीमा भवन बनाएका छैनौ, नेपालभन्दा एक किलोमिटर वर आफ्नै भूमीमा हो’

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार १३:३५


काठमाडौ । हुम्लामा चीनले नेपाली भूमीमा भवन निर्माण गरेको भन्दै विशेषज्ञ सहितको टोली पठाउनु पर्ने आवाज उठिरहेको बेलामा चीनले फेरी धारणा सार्वजनिक गरेको छ । चीनले आफूले हुम्लानजिक बनाएका भवन नेपालको सीमाभन्दा एक किलोमिटरवरै आफ्नै भूमिमा पर्ने दाबी गरेको छ। यस अघि पनि चीनले सोही कुरा बताएका थियो । नेपालले आवश्यक ठाने पुनरावलोकन गर्न सकिने बताएको चीनले अहिले आफ्नै भूमीमा भवन बनाएको बताएको छ ।

चीन सरकारका अधिकारीले ती भवन बुरङ काउन्टीअन्तर्गत नवनिर्मित गाउँमा निर्माण गरिएको दाबी गरेका हुन्। चीनको पत्रिका ग्लोबल टाइम्सका अनुसार भवन निर्माण थाल्नुअघि नै गत मेमा सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निश्चित गरेको बताएका छन्।

यस विषयमा नेपाली पक्षले प्रश्न उठाएपछि चीनले पुनः फिल्ड सर्भे गरेको ती चिनियाँ अधिकारीको भनाइ छ। नेपाल सरकारले पनि ती भवन चीनतर्फ निर्माण भएको जनाइसकेको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा अध्ययन गर्न प्राविधिक टोली पठाउन सरकारसँग माग गरिरहेको छ।

कांग्रेसका स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अध्ययन गरेपछि जारी गरेको विवरणमा चीनले बनाएका भवन नेपालतर्फ नै रहेको दाबी गरेको छ। भवन सीमाबाट २ किलोमिटर नेपाली भूभागतर्फ रहेको टोलीको ठहर छ।

तर चीन सरकारले नयाँ गाउँमा बनाइएका भवन नेपाल–चीनको सीमा छुट्याउन राखिएका ११ र १२ नम्बर पिलरबीचको क्षेत्रमा पर्ने दाबी गरेको हो। ग्लोबल टाइम्सले दुवै पिलर उच्च भूभागमा रहेको र प्राविधिक जानकारी नभएका मानिसले अध्ययन गर्दा गल्ती देखिने उल्लेख गरेको छ।

साथै भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई उचालेको आरोप पनि ग्लोबल टाइम्सले जनाएको छ। नेपाल र चीनबीच सन् १९६१ अक्टोबरमा सीमा सम्झौता भएको थियो र सन् १९६३ जनवरीमा दुवै देशबीच प्रोटोकलमा हस्ताक्षर भएको थियो। ती भवन निर्माण गरिएको सम्बन्धमा विवाद उत्पन्न भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई प्रमाणीकरण गर्न आग्रह गरेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex