डब्लुएचओले काम गर्दैन भनेकै औषधी सरकारले कोरोना संक्रमितका लागि प्रयोग गर्न दियो अनुमति

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार १३:५४


काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एक दिन अघि मात्र कोरोना संक्रमितको लागि प्रयोग गरिएको औषधी रेम्डेसिभिर प्रभाव विहिन भएको बताएको थियो । उसले सो औषधीले कोरोना संक्रमितका लागि काम नगर्ने बताएकै बेला सरकारले भने सोही औषधी कोरोना संक्रमितको उपचारमा प्रयेग गर्न अनुमति दिएको छ ।

सरकारले विश्व स्वास्थ्य संगठनले प्रभावहिन भनेको त्यही औषधि आयात, बिक्रि र प्रयोग गर्न अनुमति दिएको हो। डब्लुएचओले शुक्रबार बिहान रेम्डेसिभिर नामको औषधि कोरोनाको उपचारमा प्रभावकारी नदेखिएको सार्वजनिक गरेको थियो। सरकारले भने शुक्रबार दिउँसो सार्वजनिक सूचना जारी गर्दै यो औषधि आयात, बिक्री र प्रयोग गर्न अनुमति दिएको छ।

कोरोना विश्वव्यापी भइरहँदा विश्वका अन्य मुलुकमा गम्भिर प्रकारका संक्रमितलाई रेम्डेसिभिर प्रयोग गरिएको छ । धेरै मुलुकमा यो औषधी प्रयोग गरिएको भएपनि विश्व स्वास्थ्य संगठनले भने प्रभाव विहिन भन्दै प्रतिकृया दिएको छ । अन्य मुलुकमा प्रयोग भइरहेको यो औषधी नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधी प्रयोगका लागि अनुमति दिएको हो ।

रेम्डेसिभिरको प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको डब्लुएचओले जनाएको छ ।
फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले रेम्डेसिभिरको नतिजाले कोरोनाको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex