गम्भिर अवस्थाको बालिकालाई अस्पतालले निकालिदियो, मध्यरातमा घर फर्काएर लैजाँदा वाटोमै निधन

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार १४:१२


काठमाडौ । कोरोना पोजेटिभ भएर अस्पताल भर्ना गरिएकी एक बालिका अस्पताले डिस्चार्ज गरेको केही बेरमै निधन भएको छ । इलामकी एक बालिकाको अस्पतालले डिस्चार्ज गरेको केही बेरमै निधन भएको हो । इलामको सूर्योदय नगरपालिकाकी ८ वर्षीया बालिकालाई कोरोना पोजेटिभ भएपछि अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको विराट मेडिकल कलेजमा भर्ना गरिएकी बालिकाको दुवै मिर्गौलाले काम गर्न समेत छोडेको थियो । अस्पतालमै खुट्टादेखि टाउकोसम्म सुनिएर उनको अवस्था गम्भिर हुँदै गएको थियो । चार दिन अघि भर्ना गरिएकी उनलाई अस्पतालले शुक्रवार साँझ डिस्चार्ज गरेको थियो ।

बालिकाका आफन्तले बालिकाको अवस्था गम्भिर हुँदै गएको भन्दै थप केही दिन अस्पतालमै राखिदिन आग्रह गर्दा अस्पतालले नमानेको बालिकाका परिवारले बताएका छन् । अस्पतालले राख्न नमानेपछि मध्यरातमा उनलाई घर लैजान लागिएको थियो । आधा वाटोमै पुग्दा बालिकाको निधन भएको परिवारका सदस्यले बताएका छन् ।

कोरोना पोजेटिभ देखिएकी बालिकालाई रोगले थप गम्भिर बनाउँदै लगेपछि झन अस्पतालले निकालिदिएको परिवारका सदस्यको भनाई छ । डिस्चार्ज दिएको बिरामीलाई कोभिड अस्पतालहरुले समेत बेड नभएको भन्दै राख्न नमानेपछि परिवाले बालिकालाई घरै फर्काएको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex