नेपाली फिल्म क्षेत्रमा ठूलो क्षती, पहिलो छायाँकार मास्केको निधन

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार १४:३८


काठमाडौं । नेपाली फिल्म क्षेत्रले महत्वपूर्ण ब्यक्तिलाई गुमाएको छ । नेपाली फिल्म​ क्षेत्रको प​हिलो छायाँकार (सिनेम्याटोग्राफ​र) वैकुण्ठमान​ मास्केको निधन भएको छ। मिर्गौलाको समस्या रहेका मास्केको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ८३ वर्षका मास्केको शुक्रवार निधन भएको परिवारका सदस्यले जनाएका छन् । उनलाई कोरोना समेत पुष्टि भएको थियो ।

मास्केले २०२१ साल​मा पुनास्थित​ भार​तीय​ फिल्म​ प्राविधिक शिक्षाल​य​बाट​ सिनेम्याटोग्राफीमा डिप्लोमा गरेका थिए। औपचारिक पढाइ सकेयता उनी नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे। उन​ले प​रिव​र्त​न​, म​न​को बाँध​, हिजो आज​ भोली ल​गाय​त​ दुई द​र्ज​न​ ब​ढी फिल्म​ खिचेका छ​न्।

मास्के गत वर्ष पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने प्राविधिकको रुपमा राष्ट्रपतिबाट सम्मानित भएका थिए। नेपाल चलचित्र निर्माता संघले वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरेको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ को अवसरमा उनलाई सम्मानित गरिएको हो।

मास्केको नेपाली सेनाको स​लामीस​हित​ शुक्र​वार​ नै प​शुप​तिको विद्युतीय​ शवब​दाह​मा अन्त्य​ष्टी ग​रिएको छ। उनकी श्रीमती र एक छोरी छिन्। श्रीमती विमला मास्के अवकाश प्राप्त सह सचिव हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex