सरकारले उठायो हात ! अब संक्रमितको उपचारको खर्च पनि सरकारले नबेहोर्ने

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १९:३४


काठमाडौ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकार भने जिम्मेवारीवाट पन्छिदै जान थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार सरकारले नभई स्वयं व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ।

आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले अब संक्रमितको परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय गरेको हो । सरकारले अति अपांगता, जेष्ठ नागरिक, सरसफाइकर्मी , सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीहरुको मात्र उपचार र परिक्षण खर्च बेहोर्नेछ । अन्य सर्वसाधारणहरुले भने परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले नेपाल सरकार मन्त्रिपरिषद्को असोज १९ को बैठक अनुसार उक्त निर्णय भएको जानकारी दिए।

उनले अति अपांगता, जेष्ठ नागरिक, सरसफाइकर्मी, सुरक्षाकर्मीमा लक्षण वा चिन्ह देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिने जानकारी दिए। उल्लेखित व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण तथा उपचार खर्च बिमाबाट गरिने निर्णय भएको उनले जनाकारी दिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex