अष्ट्रियामा बाग्लुङकी भट्टराई थरकी ३१ वर्षीया महिलाद्वारा आफ्नै तीन बच्चाको लिईन ज्या’न



ब्रसेल्स : अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको ज्यान लिएकी छन्। बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाका तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको भएको प्रहरीलाई उद्धृत गर्दै पत्रकार रविचन्द्र भट्टराईले बताए। दुई बालिकाहरु नौ र तीन वर्षका थिए।

ती महिलाले बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैँले खबर गरेकी थिइन्। महिलाले आफैँ पनि म’र्न चाहेको बताएकी थिइन् र प्रहरीको उपस्थितिमा उनी घटनास्थलमा नै रहेको बताइएको छ। प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन्। उनलाई तत्कालै अस्पतालमा लगिएको थियो तर उनको पछि मृत्यु भएको जनाएको छ।

बाग्लुङ्ग घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि कुनै आफन्तले चिनेजानेको आधारमा विद्यार्थी भिसामा ल्याएर बुटवलकी २१ वर्षीया भट्टराई थरकी युवतीलाई अष्ट्रियामा सन् २०१० मा विहे गरेका थिए। गत अक्टुबर ३ मा श्रीमान् श्रीमतीसँगै भएर ३ वर्ष पुगेकी छोरीको जन्मदिन मनाएको फोटो र फेसबुकमा लाईभ भिडियो राखिएको नेपाल पत्रकार महासंघ युरोप सदस्य रबिचन्द्र भट्टराईले बताए।

घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ। भियनामा ५ सयभन्दा धेरै नेपाली परिवारको बसोबास छ। यो घटनाबारे बुझ्न खोज्दा नेपाली राजदुत मणि भट्टराई बोल्न चाहेनन्। अन्नपूर्ण पोष्टमा यो खबर छ ।

यो पनि : जन्मदिनको केक खाँदा १२ बिरामी

जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् ।

बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

केक खाएपछि झाडपखाला र बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई दमौली अस्पताल भर्ना गरिएको छ । उनीहरुको हाल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । केक खाएका सबैलाई खाद्य वि’षाक्त भएको र सबैको अवस्था अहिले सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्