अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले रंगशालालाई अस्थायी अस्पताल बनायो



एजेन्सी । कोरोना भाइरसको महामारीका कारण अहिले नेपालमा मात्र नभई यो महामारी फैलिएको सबै देशमा बिरामीलाई उपचार गर्नकोलागी कतै अस्पताल त कतै अस्पतालहरुमा बेडको कमी भईरहेको छ । यस्तो विश्वको एउटा देश पोल्याण्ड पनि परेको छ । जहाँ कोरोना भाइरस संक्रमितहरुको उपचारकोलागी अस्पताल नै नयाँ बनाउनु परेको छ ।

पोल्याण्डमा कोरोनाको बिरामीलाई जाँच्नकोलागी अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई अस्पतालमा रुपान्तरण गरेको छ । पोल्याण्ड सरकारले राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पिओट्र मुलरले सोमबार दिएको जानकारी अनुसार झण्डै पाँच सय विरामीलाई कोठा पुग्नेगरी खेल मैदानमा अस्पताल पुनर्निमाण भइरहेको हो । ती कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको थेपारीको व्यवस्था गर्न लागिएको उनले बताए ।

पोल्याण्डको कुल जनसंख्या तीन करोड ८० लाख रहेको छ । जसमध्य अहिलेसम्म १ लाख ८३ हजार २ सय ४८ जना कोरोना सङ्क्रमित रहेका छन् भने ३ हजार ६ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex