यी सात कारणले गर्दा नेपाल घुम्नु हुँदैन भनेर भिडियो बनाएकी मानषी अग्रवालले भावुक हुँदै भनिन्,‘मलाई नेपालले यत्ति धेरै माया देला यो मैले कहिल्यै सोंचेको थिईन् ।’ (भिडियो सहित)



काठमाण्डौ । लकडाउनका कारण नेपालको पर्यटकिय क्षेत्रमा परेको असर र त्यसले गर्दा ओरोलो लागेको अर्थतन्त्रलाई मानषी अग्रवालले बनाएको भिडियोले माथि उकास्ने सम्भावना बढाएको छ । मनिषाले बनाएको जम्मा ८ मिनेटको भिडियोमा नेपालको पुरै सौन्दर्यतालाई दर्शाएको छ ।

झट्ट सुन्दा नेपालको बारेमा नकारात्मक लाग्ने तर पुरै भिडियो हेरेपछि भने नेपाललाई चिनाउनकालागी उनले अपनाएको नयाँ पद्यतीको बयान जो कसैले गरिरहेका छन् । आफ्नै साथीभाईहरुसंगको ग्रुप च्याटमा नेपालको सौन्दर्यताको बारेमा भनेर रमाउने र उनीहरुलाई नेपाल घुम्नकोलागी निम्तो दिने मानषीले त्यो भिडियो पनि तीनै आफ्ना साथीहरुकोलागी बनाएको बताएकी छन् ।

एक युटुवरलाई अन्तरवार्ता दिंदै मानषी अग्रवालले भनेकि छन्,‘मैले जहिले पनि मेरा साथीहरुलाई नेपाल घुम्न आऊ, यहाँको सुन्दरताले तिमीहरुलाई साँच्चै नै लोभ्याउने छ । भन्दा उनीहरुको खै के मिली रहेको छैन ? समय मिलाएर आउन पाएका छैनन् । त्यसैले मैले उनीहरुकैलागी यो भिडियो बनाएकी थिएँ ।’ मानषी अगाडी भन्छिन्,‘तर यो त मिराकल नै भईदियो । मलाई विश्वास गर्नै गाहारो भईरहेको छ ।’

आजभन्दा १४ वर्ष पहिले भारतको कलकत्ताबाट विबाह गरेर नेपाल आएकी मानषीले त्यतिबेला नै एरर्पोटमा ल्याण्ड गर्दा देखेको दृष्य र उनको बाथरुमको झ्यालबाट देखिने हिमालको दृष्यले मनिषाको मन लोभिएको थियो । कलकत्ता निकै नै गर्मी ठाउँ हो । मानषीलाई भने चिसो अत्ति नै मन पर्ने भएको हुनाले उनलाई यहाँको प्राकृति वातावरणले लोभ्याएको बताउँछिन् उनी ।

नेपाल घुम्न नपर्ने यी सात कारण भन्दै भिडियो बनाउनुभन्दा घम्नै पर्ने यी सात कारण भनेर भिडियो बनाएको भए हुँदैनथ्यो ? भन्ने युटुवरको प्रश्नमा मानषीले मुस्कुराउँदै जवाफ दिएकी छन्,‘दुभाग्यपुर्ण एउटा नराम्रो बानी हामीमा के छ भने हाम्रो आँखा राम्रो कुरामाभन्दा पनि नराम्रो कुरामा झट्ट गईहाल्छ ।’ उनले थपिन्,‘यदि मैले त्यसो नगरिकन नेपाल घुम्न आउने सात कारण भनेको भए मेरो भिडियो यत्तिधेरैले मन पराईदिनु हुदैनथ्यो ।’

नेपालको प्रचार एउटा बेग्लै शैलीबाट गर्न सफल भएकी मानषी उक्त भिडियो फ्रान्सको एउटा आर्टिकल पढेर बनाउने आईडिया बटुलेको बताउँछिन् उनी । उनी भन्छिन्, म फ्रान्समा गएको बेला एउटा आर्टीकल पढ्ने मौका पाएकी थिएँ । जस्मा यदि तपाँई फ्रान्स घुम्न आउनु हुन्छ भने यी कारणले गर्दा तपाईँ नआउनुस भनेरै लेखिएको थियो । र त्यही कुरा मेरो दिमागमा पनि फुरेको मात्र हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex