नेपाल र चीनबीचको सहकार्यले अब आर्थिक रुपान्तरण गर्नेछः राष्ट्रपति भण्डारी



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजिक ल्याउने र नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् ।

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले दुवै मुलुकका राजनीतिक दलबीच नियमित संवादका लागि परामर्श संयन्त्र स्थापनाले नेपाल चीन बीचको सम्बन्ध थप प्रगाढ तुल्याउन विशेष योगदान पुग्ने बताएकि छन् ।

राष्ट्रपति भण्डारीको उक्त लिखित सन्देश भर्चुअल बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपाललाई भूपरिवेष्टितबाट विश्वका अन्य मुलुक र भूभागसँग बहुआयामिक माध्यमबाट सहज ढङ्गले जोडिएको आधुनिक र विकसित मुलुकका रूपमा रूपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्पलाई साकार तुल्याउन व्यापक पूर्वाधार विकास र पर्याप्त आर्थिक लगानी एवम् प्राविधिक विकासको खाँचो औँल्याउँदै पूर्वाधार निमाण र सम्पर्क सञ्जालको विकास वेल्ट एण्ड रोड सहयोगको एक महत्वपूर्ण उद्देश्य भएकाले यसको प्रवद्र्धन गर्दै हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसंँगको साझेदारीलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको अवगत गराईन् ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औंँ वर्ष पूरा भएका अवसरमा चीनका राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँका जनताप्रति शुभेच्छा व्यक्त गर्दै बैठकबाट दुवै देशले आपसी लाभ लिन सक्ने अपेक्षा गरेकी थिईन् । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा रामशरण महत, जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराई तथा चीनका तर्फबाट पनि उच्चस्तरीय प्रतिनिधिले सम्बोधन गरी दुई देशबीचको सम्बन्ध र साझेदारीलाई थप प्रभावकारी बनाउन साझा मत व्यक्त गरिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex