बिर्सिएर परदेशीले कोरोनाको कहर, फर्किंदैछन् दशैंमा आफ्नै गाउँघर



काठमाण्डौ । यसपालीको दशैंलाई कोरोनाले जत्ति नै दशा बनाउन खोजेता पनि परदेशीलाई भने कोरोनाको कुनै कहर छैन । दशैंको टिका लगाउन मात्र ४ दिन बाँकी रहंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैं मनाउनलाई भनेर विदेशबाट घर फर्कनेहरुको घुइँचो देख्न सकिन्छ ।

जहाँ परदेशबाट फर्किनेहरु नयाँ नवनर्मित टर्मिनल भएर फर्कि रहेका छन् । नवनिर्मित टर्मिनल जति सुन्दर छ, दशैँको उमङ्गले त्यसलाई झनै सुन्दर बनाएको छ । शिरमा पहेंलो जमरा र निधारमा रातो टिका सम्झंदै मुहारमा हँसिलो मुस्कान बोकेर परदेशीहरु आफ्नै देश फर्कि रहेको दृश्य देख्न सकिन्छ । आफ्नो देशको माटोमा जब उनीहरुको पाईला टेकिन्छ मानौं कि दशैँको हर्षोल्लास बोकेर ती परदेशीले नै ल्याइदिएका छन् ।

दशैँको मुखैमा वैदेशिक रोजगारीबाट फर्किनेहरुको सङ्ख्या यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो नै छ । कोही फेरि फर्किने गरी आएका छन् भने कोही काम छाडेर आएका छन् । कोही कोरोनाका कारण रोजगारी गुमाएर फर्केका छन् ।

जे होस् जसरी आएका छन् उनीहरुले आफ्नो परिवार, गाउँघर, आफन्त र साथीभाईहरुसंगै सिंगो देशकैलागी दशैंको यो मौकामा खुशी साँट्न आएका छन् । यस्तो महामारीको समयमा दशैँको बेला घर फर्किन पाउँदा सबै खुशी नै देखिन्छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गएको १५ दिनमा मात्रै वैदेशिक रोजगारीबाट फर्किनेको सङ्ख्या २० हजार पुगेको छ । फर्किनेहरुको सङ्ख्या यस्तै रहने हो भने दशैँको दिनसम्म २५ हजार नाघ्ने विभागका निर्देशक कुमार दाहालले बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex