भारतीय गुप्तचर प्रमुखले ओलीलाई भेटेपछि चुच्चे नक्शा फेरि गायव



काठमाण्डौं । हालै नेपालको नक्शामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर चर्चामा आएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै आफ्नो दशैंको शुभकामना सन्देशमा देशको चुच्चे नक्शा गायव पारेका छन् । उनको शुभकामना सन्देशमा देशको पुरानै नक्शा समेटिएको छ ।

हालै भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीलाई भेटेका थिए । यो कुराको पुष्टी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको सन्देशमा यस्तो भएपछि सामाजिक सञ्जालमा त्यसको ब्यापक विरोध भइरहेको छ । केही समय अघि भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेको थियो । त्यसपछि नेपालले पनि लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सालाई संविधान संशोधन गर्दै संघीय संसदले पास पनि गरिसकेको छ ।

तर, प्रधानमन्त्री ओलीले नै नेपालको नयाँ नक्साको साटो पुरानो नक्सा प्रयोग गरेपछि त्यसबारे प्रश्न उठेको हो । उनको यो कदमप्रति प्रश्न उठाउनेमा पत्रकार, नेकपा बाहेकका राजनैतिक दलका नेता रहेका छन् । सामाजिक सञ्जालमा चलेको बहसमा अधिकांशले ओली आफ्नो अडानबाट पछि हटेको बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex