कंगनाले निसानामा परे आमिर खान, आमिरलाई यस्तो प्रश्न गरेपछि बलिउडमा हंगामा



एजेन्सी । कंगना रनौतले सोशल मिडियामा असहिष्णुताको मु द्दा उठाएकी छन् । उनी अहिले हरेक कारणले चर्चामा छन् । अहिले फेरी उनले असहिष्णुको विषयलाई उठाएर अर्का अभिनेता आमिर खानलाई पनि समेटेकी छन् ।

आफ्ना विरुद्ध अदालतमा उजुरी परेपछि कंगना थप अशान्त बनेकी छन् । उनले लगातार सोशल मिडियामा ट्वीट गर्दै र धेरै व्यक्तिलाई आफ्नो निशाना बनाएकी छन् । उनले आफुलाई अन्याय भएको कुरा बारम्बार भनिरहेकी छन् । रनौत, जसले मुम्बई पुलिसलाई पप्पू सेना भनेर अभिब्यक्ति गर्छिन । उनले पछिल्लो समय अब बलिउडका पर्फेक्शनिस्ट आमिर खानलाई निशाना बनाएकी छन् ।

कंगना रनौतले सोशल मिडियामा असहिष्णुताको मु द्दा उठाएर आमिरवारे पनि प्रश्न उठाएकी छन् । अभिनेत्रीले ट्वीट गर्दै आमिर खानलाई प्रश्न गरेकी छन् कि देशमा कत्ति असहिष्णुता गिरोहको सामना गर्नुपर्ने हो । ट्वीटमा यस्तो लेखिएको छ ९ रानी लक्ष्मीबाईको किला भत्काएजस्तै मेरो घर भत्काइयो, सावरकर जीलाई विद्रोहको कारण जे लमा राखियो। मलाई पनि अहिले त्यस्तै प्रयास गरिदैछ ।

आफ्नो ट्वीटमा कंगना रनौतले आमिर खानलाई ट्याग गरेकी छन्। आमिरलाई ट्याग गर्नुको कारण यो हो कि उनले पनि यस विषयमा खुल्ला रुपमा आफ्नो विचार व्यक्त गरेका थिए । उनले एक पटक यस्तो भनेका थिए की, मलाई यो देशमा डर लाग्छ । यसै कारण कंगनाले आमिर खानलाई पनि प्रश्न गरेकी हुन् । आमिरको यहि कुरालाई आधार बनाएर उनले प्रश्न गरेकी हुन् । उनको नजरमा, यस समय देशको असहिष्णुता गिरोह मौलाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex