भारतले एकतर्फी नाका खोलेपछि सिमानामा त’नाव



काठमाडौ । भारतले एक तर्फी रुपमा सीमा नाका खोलेपछि नेपालसंगको सिमानामा त’नाव उत्पन भएको छ । कोरोनाको जोखिम कायम रहेका कारण नेपालका तर्फवाट भने सीमा नाका खोलिएको छैन । भारतले समन्वय नगरी एक तर्फी रुपमा सीमा नाका खोलेको हो । कोरोनाको जोखिम बढ्ने भएकाले विराटनगरस्थित जोगवनी नाकामा थप सुरक्षा सतर्कता बढाइएको छ। शुक्रवार सीमानामा त’नाव उत्पन्न भएको थियो ।

भारतको गृहमन्त्रालयले अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेको भीड लागेको छ । जसका कारण कोरोनाको जोखिम बढ्ने भएकाले सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

नेपाल सरकारले आगामी कात्तिक ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका खुला नगर्ने निर्णय मन्त्रीपरिषदवाट गरेको छ । प्रजिअ निरौलाले नेपालतर्फ भने सिल जारी भएकाले भारतबाट नेपालीबाहेक कोहीलाई आउन नदिएको बताएका छन् । नेपाल आएपछि होल्डिङ एरियामा आएर होम क्वारेन्टाइन बस्ने गरी जान दिएको प्रजिअको भनाई छ ।

भारतले एकतर्फी नाका खोलेपछि नेपाली सीमानामा सुरक्षा चुनौती थपिएको छ। नेपालमा कोरोना महामारी झनै बढेको समयमा नाका खोल्दा सीमानामा भारतबाट अनाधिकृत रुपमा पस्न खोज्नेलाई रोक्न सुरक्षा निकायलाई चुनौती थपिएको हो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex