प्रधानमन्त्रीले भारतीय रअ प्रमुख भेटेको घटनामा नेकपाका प्रवक्ताको कडा आपत्ती, दिए यस्तो चेतावनी!



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई भेटेको घटनामा सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गम्भिर आपत्ती प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले ओलीले रअ प्रमुख सामन्तकुमार गोयलसँग समकक्षीलाई जस्तो भेट गरेको भन्दै आपत्ती जनाएका हुन् । प्रधानमन्त्रीको भेटले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने बताएका छन्।

नेकपा सचिवालयका सदस्य श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै गम्भिर आपत्ती जनाएका छन् । उनले लेखेका छन्, ‘नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरित समकक्षी झैं औपचारिक वार्ता गरेको यो पहिलो घटना हो।’

भारतीय सेनाको विशेष विमानबाट बुधबार काठमाडौं आएका गोयलले मध्यराति प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा गोप्य भेटवार्ता गरेको खुलेको हो । प्रधानमन्त्रीको सचिवालयले पनि शिष्टाचार भेट गरेको भन्दै पुष्टि गरेको छ । तर प्रधानमन्त्रीले कुटनीतिक मर्यादा नाघेको भन्दै त्यसको चर्को विरोध भएको छ ।

शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रुपमा नेपाल आएको प्रतिकृया दिएका थिए । ओली पक्षधरले उनको बचाउ गर्न खोजेको भएपनि नेकपा भित्रै अन्य नेताहरुले भने चर्को विरोध गरेका छन् ।

श्रेष्ठले पोखरेलले भनेजस्तो भारतीय प्रधानमन्त्री मोदीले सन्देशसहित गोयललाई नेपाल पठाएको नदेखिएको जवाफ दिएका छन् ।

‘विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो। तर त्यस्तो पनि देखिएन’, श्रेष्ठले भनेका छन्, ‘त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग कुटनीतिक मुल्य र आचारसंहिता विपरित प्रधानमन्त्रीको यस्तो भेट किन ?’

श्रेष्ठले भनेका छन्, ‘यसप्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्छ।’

बुधवार नेपाल आएका उनी विहिवार फर्किएका थिए । उनले प्रधानमन्त्रीलाई बुधवार मध्यराती भेट गरेको सूचना बाहिरिए पछि भएको चर्को विरोधका बावजुद प्रधानमन्त्रीका प्रेस सल्लाहकारले प्रेस नोट जारी गर्दै शिष्टाचार भेट भन्दै जानकारी दिएका थिए । त्यती बेला सम्म गोयल भारत फर्किसकेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex