कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु, पोखरामा पनि चार जनाको एकैदिन मृत्यु



काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एकजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एक जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । ती मध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ । यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

यस्तै नेपालमा मात्र १ लाख ५५ हजार २ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोना मुक्त भएका छन । मृत्यु हुनेको संख्यालाई प्रतिशतमा हिसाब गर्दा संक्रमितको संख्या ७० प्रतिशतमा गनिन आउँछ ।

शनिवार साँझसम्म नेपालमा ८ सय ४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण १ हजार १ सय २६ नेपालीले ज्यान गुमाएका छन् ।

यो पनि पढनुस्
पोखरा । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक चारैजना पोखरा महानगरपालिका निवासी हुन् ।

पोखरा–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका ७ बजेर ४५ मिनेटमा चरक मेमोरियल अस्पतालमा निधन भएको थियो । कोभिड–१९ संक्रमित उनलाई निमोनियाको समेत समस्या रहेको निर्देशनालयले जनाएको छ । असोज ३० गते उपचारका लागि भर्ना गरिएका उनमा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, पोखरा महानगरपालिका–२२ का ६८ वर्षीय पुरुषको पनि शनिबार बिहान गते ९ः३० मा गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । कोभिड–१९ सहित निमोनियाको समस्या रहेको उनमा कार्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएलगत्तै उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अर्का मृतक पोखरा महानगरपालिका–३१ का ५८ वर्षीय पुरुष हुन्। उनको शनिबार दिउँसो ४ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारको क्रममा निधन भएको हो ।

कोभिड–१९ सहित निमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या भएका उनलाई कार्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । निर्देशनालयले दोस्रो विज्ञप्ति जारी गर्दै थप एकको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । अर्का मृतक पनि पोखराकै हुन् ।

पोखरा महानगरपालिका–१५ का ५२ वर्षीय महिलाको शनिबार राति १०ः२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसियुमा उपचारका क्रममा निधन भएको हो । उनमा शनिबारमात्रै कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनको शव ब्यवस्थापनको तयारी भरहेको छ भने अन्य तीन जनाको शव व्यवस्थापन भइसकेको जनाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex