रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट राष्ट्रिय हित कमजोर पार्ने कामः नारायणकाजी श्रेष्ठ



काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भेट कुटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले आचारसंहिता विपरीत विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट किन ? भनेर सामाजिक सञ्जालमार्फत् प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति विना नै ‘रअ’ प्रमुखलाई भेटेको र यसबारेमा पार्टीलाई पूर्व जानकारी नरहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

नेता श्रेष्ठले आफ्नो निजी विचार भन्दै नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यसप्रकारको घटना पहिलो भएको समेत उल्लेख गर्नुभएको छ । उनले यसप्रकारका कामले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र नभइ राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुने बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex