अन्ततः बलिउडकी चर्चित गायिका नेहा कक्कडको भयो विबाह, ७ वर्षले कान्छा छन् श्रीमान रोहन प्रित



एजेन्सी । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए ।

त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो । विवाह समारोहमा दुबैले एकै कलरको आउटफिट्स लगाएका थिए । नेहा क्रिम कलरको लेहंगामा सजिएकी थिइन् । उनले यसको अलवा हेवी मेकअप, झुमकाको अलवा हातमा चुरा समेत लगाएकी थिइन् । नेहा दुलहीका रुपमा निकै सुन्दर देखिन्थिन् ।

रोहनप्रीतले पनि नेहाकै कलरको शेरवानी लगाएका थिए । नेहा र रोरनप्रीतको विवाह भिडियोले अहिले चर्चा बटुलिरहेको छ । भिडियोमा नेहा र रोहनप्रीत एकअर्कालाई बरमाला लगाउँदै गरेको समेत देख्न सकिन्छ । विवाह अगाडि नेहा र रोहनप्रीतको हल्दी र संगीत कार्यक्रमको भिडियो समेत बाहिर आएको थियो । जुन भिडियोले समेत चर्चा बटुलेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex