‘प्रधानमन्त्री ओलीलाई भेट्न ‘रअ’ प्रमुखलाई पठाएर भारतले फेरी हेप्यो नेपाललाई’ रविन्द्र मिश्र



काठमाण्डौ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुखलाई प्रधानमन्त्री ओलीसंग भेट गर्न नेपाल पठाएकोमा फेरी एक पटक भारतले नेपाललाई हेपेको बताएका छन् । संयोजक मिश्रले ‘रअ’ प्रमुख गोयलको भ्रमणलाई नेपाललाई हेप्नकोलागी भारतले फेरी एक पटक साँचो चलाएको आरोप लगाएका छन् ।

साथै उनले सरकारको तर्फबाट पनि यो भेटघाटलाई लुकाउन खोजिएको भन्ने आरोप सरकारलाई पनि लगाएका छन् । संयोजक मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको खुफिया एजेन्सीको प्रमुखसँग भेट गरेर प्रधानमन्त्री पदकै अपमान गरेको बताएका छन् । संयोजक मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई प्रश्न सोधेका छन् ।

उनले अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई हेपेको हो कि होइन ? भनेर पनि प्रश्न गरेका छन् । ‘रअ’ प्रमुख गोयल गत बुधबार काठमाण्डौ आएका थिए । उनले बुधबार राति प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex