शनिबार रातिदेखि भारत र चीन बाहेकका अन्य विदेशी नागरिकले स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने



काठमाण्डौ । कोरोना महामारीका कारण भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न पाउने छैनन् । शनीबार रातीदेखि उनीहरु स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने नेपाल सरकारले जनाएको छ ।

नेपाल सरकारले यी दुई देश बाहेकका विदेशी नागरिकलाई स्थालमार्ग हुँदै नेपाल आउनकालागी शनिबार राति १२ बजेदेखि आउँदो वैशाख १८ गतेसम्मका लागि रोक लगाएको हो । यस्तै नेपाल–भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न निश्चित सीमाबाट मात्र आवागमन गर्ने व्यवस्था मिलाउने अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताए ।

यसैगरी, विदेशी नागरिक तथा गैह्रआवासीय नेपालीलाई नेपाल आइसकेपछि दिइने अन अराइभल प्रवेशाज्ञा पनि शनिबार राति १२ बजेदेखि वैशाख १८ गते सम्मका लागि स्थगित गरिनेछ । यस्तै नेपाल आउन चाहने विदेशी नागरिकले आउनुभन्दा बढिमा सात दिन अघि लिइएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

त्यस्तै शनिबार रातिदेखि नै नेपाल आउने विदेशी तथा विदशेबाट आउने नेपाली सबैले अनिवार्य आफैँ १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तै सरकारले विदेशमा रहेका नेपालीलाई अति आवश्यक काम बाहेक नेपाल नआउन आग्रह गरेको छ ।

यस बाहेक अर्को सूचना प्रकाशन नभएसम्मका लागि श्रम स्वीकृति तथा पढ्न विदेश जानेका लागि दिइने नो अब्जेक्शन लेटर स्थगित गरिएको छ । यस्तै सरकारले संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन सबैलाई अनुरोध पनि गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex