बिदेशी खेलाडीको नेपालमा हरिबिजोक, बरु नेपालमै मार्छौ भन्दै रुदै मागे नेपालीसंग सहयोग (भिडियो)



काठमाडौं – लामो समय नेपालमा फुटवल खेल्न आएका विदेशीहरुको अहिले हरिविजोग भएको छ । विश्व व्यापी फैलिएको कोरोनाको कारण उनीहरुको अवस्था निकै नाजुक भएको छ । केही सामाजिक अभियन्ताहरुले सामान्य सहयोग गरेपनि उनीहरुको जिवन सहज भएको छैन । कोठा भाडा तिर्न देखि दिनहुँको छाक टार्न नै समस्या भएपछि उनीहरुले सहयोगको अपिल गरेका छन् ।

नेपालमा स्टार खेलाडीकै रुपमा नाम कमाएकाहरुको नै यस्तो विजोग अवस्था देखेपछि खेलमा भविष्य खोज्नेहरुको लागि त्यसले राम्रो सन्देश नजाने भन्दै सहयोगको अपिल गरेका छन् । चार वर्ष देखि नेपालमा फूटवल खेलमा सहभागी भएका उनीहरु अहिले नेपाली निकै राम्रो बोल्ने भएका छन् । उनीहरुलाई नेपालकै माया लाग्छ । तर दिनहुँको समस्याले भने पिरलेको छ । त्यसैले उनीहरु आफ्नो घर फर्कन चाहन्छन् तर त्यसका लागि पैसा नभएका कारण उनीहरु अलपत्र परेका छन् ।

कोरोना जोखिमका कारण न खेल छ न घर जाने पैसा छ उनीहरु विदेशी मुलुकमा अलपत्र पर्नुपर्दा आफ्नो दुख सुनाउँछन । नेपालमा आएर खेलेका विदेशी खेलाडी सबैको उस्तै समस्या भएको भन्दै उनीहरुले सबैलाई सहयोगको अपिल गरेका छन् । फूटवल खेल्न नपाएको ८ महिना भइसकेको छ, क्लबमा कुनै गतिविधि भएको छैन एक खेलाडीले भने, दुई छाक खान र कोठा भाडा तिर्ने पैसा नहुँदा घर जान पनि पाएका छैनौं । यस्तो अवस्थामा परिवारको साथ भएपनि अलि सहज हुन्थ्यो तर हामी घर देखि निकै टाढा छौं उनले आफ्नो समस्या सुनाए । भिडियो :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex