प्रचण्डको वडीगार्ड बनेकी क्रान्तिको यस्तो दयनिय अवस्था : पार्टीले ‘मलाई ५ लाखमा बेच्यो, परिवार रिसाएर मेरो किरिया नै गर्यो’ (भिडियो हेर्नुस्)



काठमाडौ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बडीगार्ड समेत बनेकी महिला क्रान्ति अहिलेको राजनीतिक अवस्था देखि निकै दुखी छन् । भारतवाट नेपाल वार्ताका लागि प्रचण्ड आउँदा उनी घोडामा हिड्दा आफुहरु पैदल हिडेर उनीहरुको रक्षा गर्नुपर्ने अवस्था रहेको बताउँछिन् ।

उनी १२ वर्षको उमेरमै माओवादी खोज्दै गएर सामेल भएकी थिइन् । तत्कालिन नेकपा माओवादीको पर्चा पढेपछि उनी माओवादी प्रति आकर्षित भएकी थिइन् । उनको वास्तविक नाम बालिका बुढाथोकी हो । पार्टीमा उनको नाम क्रान्ति राखिदिइन् । नेपाली सेनाले आफ्नो वुवाको ज्या न लि एपछि उनी माओवादीमा गएकी थिइन् ।

१२ वर्षको उमेरमा माओवादी बन्न जाँदा उनीसंगै १८ जना साथी पनि थिए । माओवादीले नै परिवर्तन ल्याउँछ भन्ने हामीलाई लागेर हामी माओवादी खोज्दै गएको बताउँछिन् । एक दिन पुरै पैदल हिडेर गएपछि उनले माओवादीका नेता भेटेकी थिइन् । त्यसपछि उनी माओवादीको महिला संगठनमा रहेर काम गरिन् । उनले बुवाको ब न्दु क लिएर माओवादीमा गएकी थिइन् ।

त्यसैको आडमा उनले तालिम गरिन् । प्रहरी चौकीमा क ब्जा गर्न पनि उनी गइन् । प्रहरीले आफ्नै अगाडी साथीहरु ढ ले को पनि उनले देखेकी छन् । तर अहिले भने उनी उनै नेता प्रति निकै निरास भएकी छन् । आफुले सुरक्षा दिएका प्रचण्ड प्रधानमन्त्री बने । उनीहरुको जिवनस्तर फेरीयो । तर क्रान्तिको जिवन भन्दा पहिला भन्दा पनि तल पुग्यो । पहिला बुवा गाउँको अगुवा थिए, गाउँमा राम्रै पहिचान थियो । तर अहिले वुवा पनि छैनन् ।

उनीहरुको आफ्नो पहिचान पनि छैन । पार्टीकै लागि यस्तो त्याग गरेका हामी आज टुहुरा भयौं, ५ लाखमा पार्टीले हामीलाई बेचिदियो । मैले नै सुरक्षा दिएका नेताहरुको जिवनशैली देखेर अचम्म लाग्छ । हामी भने दुई छाककै लागि अझै संघर्ष गरीरहेका छौं ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex