तिहारको मुखमा हङकङमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको मृत्यु (१० तस्विरसहित)



हङकङको याउ मा तेइमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सातजना नेपालीको मृत्यु भएको छ । नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको हो । आगलागीमा परि ज्यान गुमाउनेमा ९ वर्षको बच्चासहित कम्तिमा सात नेपालीको ज्यान गएको हो । मृत्यु हुनेमा ९ देखि ४० वर्ष उमेरका चार पुरुष र तीन महिला रहेको साउथ चाइना मर्निङ्ग पोस्टले जनाएको छ । मृतको सनाखत भइसकेको छैन।

अस्पताल पुर्‍याइएका १८ जना घाइतेमध्ये सात जनाको मृत्यु भएको हो। तिनजनाको अवस्था अझै गम्भीर रहेको जनाइएको छ । हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ। अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए।

तिहारको बेला भएको यो ठूलो दुखद घटनाले हङकङका नेपाली स्तब्ध भएका छन्। सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल पुगेर फर्केका हङकङ एकीकृत नेपाली समाजका यमलाल कँडेलका अनुसार मृतक सातमध्ये क्वांग वाहमा चार र क्वीन एलिजावेथ अस्पतालमा तीन जनाको शव रहेको छ।

बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीले समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना हुँदा बागलुङका धेरै परेको जनाएका छन्।

बुढाथोकीका अनुसार बागलुङ समाज हङकङका सदस्य कृष्ण कँडेलको परिवारका ४ जना, आजीवन सदस्य राज कँडेलको परिवारका ३ जना, उनकी बहिनी पूजा कँडेलको परिवारका ४ सदस्य घटनामा परेका हुन्।

‘राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा दुर्घटना भएको हो, उनको छोरीको मृत्यु भएको भन्ने खबर छ’, बुढाथोकीले भने।

उनले बागलुङ समाजका कार्यसमिति सदस्य कृष्ण कँडेलको क्वीन एलिजावेथ अस्पतालको आईसीयूमा उपचार भइरहेको बताए। राजको क्वांग वाह अस्पतालमा र उनकी छोरीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको बताए। हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट चि’च्याउँदै भाग्दै गर्दा खसेर घाइते भएका थिए। तस्विर तल हेर्नुहोस :

 

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex