बलिउडबाट सदाका लागि अस्ताए अभिनेता इमरान खान



बलिउड अभिनेता इमरान खानले फिल्म करिअरबाट सदाका लागि बिदा लिएका छन्। दैनिक भास्करका अनुसार उनका पुराना साथी अक्षय ‌ओबरोयले इमरानले बलिउड छाडेको जानकारी दिएका हुन्।बलिउडमा अभिनेताका रूपमा ‘जाने तु या जाने ना’बाट डेब्यु गरेका इमरानले पछिल्लो पाँच वर्षयता कुनै फिल्म खेलेका थिएनन्। उनले बलिउड छाडेका हुन् कि भन्ने पनि निकै टिप्पणीहरू भए। तर उनी आफैंले यस विषयमा बोलेका थिएनन्।

उनका साथी अक्षयले अहिले आएर इमरानले अभिनय छाडेको जानकारी दिएका हुन्। ‘बलिउडमा मेरो बेस्ट फ्रेन्ड इमरान खान हुन्। तर अब उनले अभिनय छाडिसकेका छन्,’ अक्षयका भनाइ उद्धृत गर्दै दैनिक भास्करले लेखेको छ।

अक्षयका अनुसार दुईबीच निकट मित्रताको सम्बन्ध छ। उनीहरू बिहान ४ बजे पनि फोनमा कुरा गर्थे। उनीहरूले १८ वर्षदेखि एकअर्कालाई चिनेका हुन्। दुवैले एकैपटक किशोर एक्टिङ स्कुलबाट अभिनय सिकेका हुन्। ‘इमरानले अभिनय छाडे। जहाँसम्म म उसलाई चिन्छु, उनमा राम्रो निर्देशक एवम् लेखक बन्ने क्षमता छ,’ अक्षयले भनेका छन्, ‘थाहा छैन उनी कहिले फिल्म निर्देशनमा लाग्नेछन्। उनीमाथि कुनै दबाब राख्न चाहन्नँ तर यो चाहन्छु कि छिट्टै उनी फिल्म निर्देशनमा लागून्।’

इमरानले सन् २००८ मा ‘जाने तु या जाने ना’ फिल्मबाट आफ्नो फिल्म करिअर सुरू गरेका थिए। फिल्म आभास टायर्वालाले निर्देशन गरेका थिए। यसपछि इमरानले ‘देल्ली बेल्ली’, ‘आइ हेट लभ स्टोरी’, ‘गोरी तेरा प्यार मे’, ‘लक’ लगायत दर्जनौं फिल्ममा अभिनय गरे।
उनी पछिल्लो समय निखिल अड्भानीद्वारा निर्देशित फिल्म ‘कट्टी-बट्टी’मा देखा परेका थिए। यो फिल्म सन् २०१५ मा सार्वजनिक भएको थियो। इमरान खान निर्देशक तथा अभिनेता आमिर खानका भान्जा समेत हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex