अब जग्गा बाँझो राख्नेले सरकारी सेवा सूविधा नपाउने



काठमाडौ । उर्वर जमिन बाँझो राख्ने क्रम बढेपछि मुगुमा नयाँ नियम लागू भएको छ । उर्वर भूमीलाई खेर जान नदिन स्थानिय तहले नयाँ नियम लागू गरेको छ । जग्गा बाँझो राखे सरकारी सेवा सुविधा नपाउने नियम स्थानिय तहले लागू गरेको छ । मुगुको छाँयानाथ रारा नगरपालिकाले यस्तो नियम लागू गरेको हो ।

जग्गा बाँझो राख्नेलाई वडा कार्यालयबाट दिइदै आएको सबै सेवा नदिने निर्णय गरेको हो । मंसिर ३ गते बसेको वडापालिकाको बोर्ड बैठकले हिउँदेबाली नलगाइ जग्गा बाँझो राख्नेलाई वडापालिकाबाट प्रदान हुने सबै सेवा रोक्का गरिने निर्णय भएको ४ नम्बर वडाका वडा अध्यक्ष बिष्णुकुमार भामले जानकारी दिए।

राम्रो उत्पादन हुने जमिनमा पनि बाँझो राख्ने क्रम बढेपछि स्थानिय तहले यस्तो नियम लागू गरेको हो । नगरपालिका ( ४ का तीन बस्ती भामबाडा,रावलबाडा र रोकायाबाडाका उर्वर भूमी बाँझै हुन थालेका थिए । स्थानीयले जग्गा बाँझो राखी हिउँदेबाली जौ र गहुँ लगाउन छोडेका थिए।

यो बाली हराउने अवस्थामा पुगेपछि छाँयानाथ रारा नगरपालिकाको सो निर्णय गरेको हो। नगरपालिकाको १४ वडामध्ये ४ नम्बर वडाका तीन बस्तीका सबै जग्गामा वर्षमा दुई बाली उत्पादन हुने गरेको छ ।

बर्षे बालीमा कोदो, धान, मकै, सिमी, फापर,आलु र हिउँदे बालीमा जौं, र गहुँ लगाउने गरेपनि यो तीन बस्तीमा केही वर्षयता हिउदेबाली जौ र गहुँ लगाउन छोडेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex